Sajhamanch Archive

आज पनि ओरालो लागो सेयरबजार, नेप्से १९.६५ अंकले घट्यो, इमर्जिङ नेपालका लगानीकर्ताले कमाए

Published: in अर्थतन्त्र, by .

काठमाडौ, सेयरबजारमा आज पनि दोहोरो अंकको गिरावट आएको छ। बजार परिसूचक नेप्से १९.६५ अंकले र सेन्सिटिभ सूचक ५.२२ अंकले घटेको हो।

बुधबार सेयरबजारमा २ सय ३१ कम्पनीका सेयर कारोबारमा सामेल भएकामा २ अर्ब ५७ करोडको किनबेच भएको नेपाल स्टक एक्सचेन्जले जनाएको छ।

दिनभरिमा ३७ हजार ३२ पटक किनबेच हुँदा ४९ लाख ६७ हजार कित्ता सेयर बिक्री भएको हो। आज होटल तथा पर्यटन, निर्जीवन बीमा र म्युचुअल फन्डको सूचक मात्रै हरियो रहेका छन्।

योसँगै आज ४९ कम्पनीको सेयर बढेको छ भने १ सय ३५ वटा कम्पनीको घटेको र १० वटाको सेयर स्थिर रहेको छ।

आज पनि इमर्जिङ नेपालका लगानीकर्ताले १० प्रतिशत आम्दानी गरेका छन्। त्यस्तै मैलुङ खोला जलविद्युतका लगानीकर्ताले ६.१३ प्रतिशत आम्दानी गर्दा बाँकी कम्पनीका सेयरधनीले खासै कमाउन सकेका छैनन।

आज सबैभन्दा धेरै युनाइटड मार्दीका लगानीकर्ताले ४.९२ प्रतिशत गुमाएका छन्। दोस्रो धेरै गुमाउनेमा भने नेपाल टेलिकमका सेयरधनी छन्। उनीहरुले ३.५७ प्रतिशत घाटा व्यहोरेका छन्।

कुल कारोबारमा आज पनि नेपाल टेलिकम नै अगाडि छ। कम्पनीको १६ करोडको कारोबार भएको छ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *