स्थानीय तहको निर्वाचनबारे छलफल गर्न एकीकृत समाजवादीको सचिवालय बैठक बस्दै
Published:
by .काठमाडौ, नेकपा एकीकृत समाजवादीको सचिवालय बैठक आज बस्दैछ । बैठक दिउँसो १२ बजे पार्टी केन्द्रीय कार्यालय आलोकनगरमा बस्न लागेको हो ।
पार्टी उपमहासचिव गंगालाल तुलाधरका अनुसार बैठकमा स्थानीय तह निर्वाचनबारे छलफल हुनेछ । बैठकले स्थानीय तहको उम्मेदवार टुंगो लगाउने निकाय र हस्ताक्षर गर्ने अधिकारीको टुंगो लगाउने पनि उनले जानकारी दिए ।
निर्वाचनमा गठबन्धन गर्नेसम्बन्धी विषयमा पनि छलफल हुने बताइएको छ ।
Comments