Sajhamanch Archive

भ्रममा पर्नु आवश्यक छैन्, निर्धारित समयमा नै निर्वाचन हुन्छ : अध्यक्ष दाहाल

Published: in प्रदेश तह, मुख्य समाचार, राजनीति, राष्ट्रिय समाचार, by .

बुतवल– नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहालले निर्वाचन हुँदैन कि भन्ने भ्रममा नपर्न आग्रह गरेका छन्।उनले निर्धारित समयमा नै स्थानीय तहको निर्वाचन हुने बताए।

निर्वाचन हुन्छ कि हुँदैन भन्ने पनि चर्चा चलिनै रहेको छ,’ उनले भने, बिहान पनि प्रधानमन्त्रीसँग मेरो र माधव नेपालजीको भेट भएको थियो। प्रधानमन्त्रीले त्यसमा भ्रममा नपर्न भन्नुभयो।’

बिहीबार प्रेस सेन्टर नेपाल बुटवलले गरेको पत्रकार सम्मेलनमा बोल्दै उनले यस्तो बताएका हुन्। निर्वाचन केन्द्रित हुने र जनतासँग आ–आफ्ना अजेन्डा लिएर जाने क्रममा पार्टीहरु लागेका छन्।

उनले चुनाव नहुने भन्ने कुरा कहीँ कतैबाट नदेखिएको भन्दै भ्रममा नरहेर निर्वाचनमा केन्द्रित हुन आग्रह गरे। गठबन्धन होला र त्यसबाट जितौंला भनेर ध्यान दिने होइन।

आफ्नै बलमा चुनाव जित्ने कुरालाई प्राथमिकता दिने हो। साथसाथै निर्वाचनमा तालमेल गर्ने विषयलाई ध्यान दिनै पर्छ,’ उनले भने, विभिन्न पार्टीभित्र अभिव्यक्ति सार्वजनिक पनि भइरहेका छन्। गठबन्धनमा रहेका दलहरु मुख्य नेतृत्वमा कहीँ कतै विमति देखिएको छैन।’

सञ्चारमाध्यममा कतिपय नेताहरुले अभिव्यक्ति दिए पनि मुख्य नेतृत्व निर्वाचन र त्यसपछिसम्म पनि यही गठबन्धनलाई निरन्तरता दिनुपर्ने पक्षमा रहेको उनले बताए।

‘यो गठबन्धनको उद्देश्य पूरा गर्ने आवश्यकता कायम नै रहेको छ। एमसीसीको कारणले गठबन्धन टुट्ने हो कि नयाँ समीकरण बन्ने हो कि भन्ने देखिएको थियो।

तर, हामीले १२ बुँदासमेत समेटेर व्याख्यात्मक घोषणामार्फत् हामीले समझदारी गरेका हौं,’ उनले भने, ‘गठबन्धन झन बलियो रुपले अघि बढ्ने आधार तयार भएको छ।

संघीय सरकार र प्रदेश सरकार निर्वाचनसम्म अघि बढ्ने आधार तयार भएको छ। आ–आफ्नो अजेन्डासहित निर्वाचनमा जाने र आवश्यकता अनुसार तालमेल गर्ने कुरालाई दोस्रो प्राथमिकतामा राखेर हामी जान्छौं।’

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *