Sajhamanch Archive

होली खेल्ने क्रममा घरबाट खस्दा एक किशाेरी गम्भीर घाइते

Published: in प्रदेश तह, राष्ट्रिय समाचार, विविधा, समाज, स्वास्थ्य, by .

काठमाडौं, काठमाडौंको बौद्धमा होली खेल्ने क्रममा घरबाट खस्दा एक जना किशोरी घाइते भएकी छन् । बौद्धको दक्षिणढोकास्थित एक घरमा होली खेल्ने क्रममा खस्दा सिन्धुपाल्चोक घर भएकी विनिता चौलागाईं गम्भीर घाइते भएकी हुन् ।

महानगरीय प्रहरी परिसर टेकूका प्रवक्ता दिनेशराज मैनालीका अनुसार दिउँसो घरको छतबाट खस्दा फलामको बारमा खसेपछि उद्दार गरेर नेपाल मेडिकल कलेज, जोरपाटी उपचार भइरहेको छ ।

उनका अनुसार कक्षा ११ मा अध्ययरत चौलागाईं र दाइ बौद्धमा डेरा गरी बस्दै आएकी थिइन् । उनी आफन्तकोमा गएर होली खेल्दा छतबाट खसेकी हुन् ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *