Sajhamanch Archive

पल शाहलाई थप ५ दिन थुनामा राख्न तनहुँ अदालतको अनुमति

Published: in प्रदेश तह, राष्ट्रिय समाचार, समाज, by .

तनहुँ, तनहुँ जिल्ला अदालतले पल शाहलाई थप ५ दिन थुनामा राख्न अनुमति दिएको छ । बलात्कारसम्बन्धी मुद्दाको अनुसन्धानका लागि थप ५ दिन थुनामा राख्न अदालतले अनुमति दिएको हो ।

तनहुँ जिल्ला प्रहरी प्रवक्ता युवराज खड्काका अनुसार म्याद थपका लागि पललाई शुक्रबार अदालतमा पेस गरिएको थियो ।

पलविरुद्ध पहिलो चरणमा सात दिन र दोस्रो चरणमा १२ दिनको म्याद थप भएको छ । जबरजस्ती करणी मुद्दामा प्रहरीले बढीमा २५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न पाउँछ ।

एक १७ वर्षीया गायिकाले आफूमाथि बलात्कार भएको भन्दै पलविरुद्ध जिल्ला प्रहरी कार्यालय तनहुँ र इलाका प्रहरी कार्यालय गैँडाकोटमा जाहेरी दिएकी थिइन् । यता पलमाथिको मुद्दा नवलपुर जिल्ला अदालतमा दर्ता भएको छ ।

पलविरुद्ध जिल्ला सरकारी वकिलको कार्यालयले प्रहरी अनुसन्धान प्रतिवेदनका आधारमा पलले एक नाबालिगमाथि बलात्कारको अभियोगसहित मुद्दा दायर गरेको हो । सरकारी वकिलको कार्यालयले १४ वर्षसम्म कैदको मागदाबी गर्दै मुद्दा दायर गरेको छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *