Sajhamanch Archive

माओबादी अध्यक्ष आउने भएपछि गण्डकी प्रदेशसभाको बैठक स्थगन

Published: in प्रदेश तह, मुख्य समाचार, राजनीति, राष्ट्रिय समाचार, by .

पोखरा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले कार्यकर्ता भेटघाट तथा प्रशिक्षण कार्यक्रमका लागि पोखरा आउने भएपछि आइतटबारका लागि बोलाइएको गण्डकी प्रदेशसभाको बैठक स्थगन भएको छ ।

स्थानीय तहको निर्वाचन मिति नजिकिएसँगै दाहालले कार्यकर्ता भेटघाट र प्रशिक्षणलाई तीव्रता दिन थालेका छन् ।

फागुनको तेस्रो साता केन्द्रीय कमिटी बैठक बसेपछि दाहाल देशव्यापी प्रदेशस्तरीय प्रशिक्षणमा व्यस्त छन्। शनिबार सिन्धुली पुगेका दाहाल आज पोखरा प्रस्थान गरेका छन्।

पार्टीको गण्डकी प्रदेश कमिटीले आज आयोजना गर्ने प्रदेशस्तरीय प्रशिक्षणलाई सम्बोधन गर्न दाहालआइतबार बिहान पोखरा गएको हुन्।

अध्यक्ष दाहालले पार्टीका नेताहरूलाई स्थानीय निर्वाचनको तयारीबारे निर्देशन दिने उनका प्रमुख स्वकीय सचिव रमेश मल्लले बताए। दाहालसँगै शिक्षामन्त्री देबेन्द्र पौडेल पनि पोखरा गएका छन्।

 

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *