Sajhamanch Archive

दक्षिणी युक्रेनमा रुसी सेनाको गोलाबारीपछि कर्फ्यू घोषणा

Published: (Updated: ) in विश्व समाचार, by .

एजेन्सी, दक्षिणी युक्रेनको जापोरिज्जियामा रुसी सेनाको गोलाबारीमा कम्तिमा ९ जनाको मृत्यु भएको छ । गोलाबारीमा १७ जना घाइते भएका त्यहाँका उपमेयरले जनाएका छन् ।

गोलाबारीपछि जापोरिज्जियामा ३८ घण्टा कर्फ्यू घोषणा गरिएको छ । सो क्षेत्रमा मोटार्स, ट्यांक, हेलिकोप्टर, रकेटमार्फत रुसी सेनाले हमला गरेको प्राप्त विवरणहरूमा जनाइएको छ ।

युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले बिलम्ब नगरी अर्थपूर्ण वार्ता गर्न आह्वान गर्न गरिरहेका बेला रुसी सेनाले तीव्र हमला गरिरहेको हो । २४ फेब्रुअरीदेखि भएको रुसी हमलामा सयौँ मारिएका छन् ।

त्यस्तै, २५ लाख मानिस विस्थापित भएका छन् । यसैबीच, रुसी सेना युक्रेनको हमलामा परेको मारिओपोलमा ८० प्रतिशत संरचना ध्वस्त भएका छन् ।

सो शहरमा अहिले पनि लडाइँ भइरहेको छ । शहरमा युद्धको असर नदेखिने एउटा पनि ठाउँ नरहेको बीबीसीले जनाएको छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *