Sajhamanch Archive

वस्तु आयातमा सतप्रतिशत मार्जिन, मर्कामा परेको साना व्यवसायीको गुनासो

Published: in अर्थतन्त्र, by .

काठमाडौ, नेपाल राष्ट्र बैंकले विदेशबाट वस्तु आयात गर्दा सतप्रतिशत मार्जिनको व्यवस्थाले साना व्यापारी मारमा परेको बताएका छन् ।

सरोकारवाला निकायसँग छलफलसमेत नगरी आयातमा सतप्रतिशत मार्जिनको व्यवस्था गरेकाले आयात गरिएको सामान भन्सारमा नै रोकिँदा व्यापार धरासाही बन्न लागेको बताएका छन् ।

साना व्यवसायी तथा व्यापारीहरुले मौसम अनुसारका सामान ५ महिनाअघि नै खरिदमा लगानी गरेको अहिलेसम्म पनि बजारमा सामान नआएकाले बैंकको ब्याज बढेर व्यवसायबाट भाग्नु पर्ने अवस्था आएको बताएका छन् ।

नेपाल राष्ट्रिय व्यवसायी महासंघका अध्यक्ष नरेश कटुवालले सामान आयातमा सतप्रतिशत मार्जिन व्यवस्थाले व्यापारीलाई मानसिक तनाब बढाएको बताए । उनले मार्जिन लागू हुनुभन्दा अगाडि अर्डर गरेर ल्याएका सामानसमेत विभिन्न बहानामा तीन महिनादेखि भन्सारमा नै रोकिएको गुनासो गरे ।

कटुवालले सरकारले मार्जिन व्यवस्था लागू गर्नुभन्दा अगाडि अर्डर गरेर खरिद गरिएको समान आयातको विषयमा अध्ययनबिना नीति लागू गरेकाले अहिले व्यवसायीलाई मर्का परेको दाबी गरे । अहिले भन्सारमा सामान ल्याउने कन्टेनरको समेत भाडा बढेकाले बजारमा आउने समानको अत्यधिक मूल्यवृद्धि भएको उनको भनाइ छ ।

साना तथा मझौला व्यवसायीको पहुँच नपुग्ने भएकाले सरकारले साना व्यवसायीलाई उपेक्षा गरेको अध्यक्ष कटुवाले आरोप लगाए ।

गर्मी मौसमको लागि पाँच महिना अगाडि खरिद गरेका सामान बजारमा आउनु पर्ने भए पनि भन्सार नाकामा समान रोकिएर बसेको तर सरकारले भन्सारमा सहजीकरण गर्ने काम नगरेको बताए ।

चीन सरकारले अघोषित नाकाबन्दी गरेर दिन दुईवटा कन्टेनर भन्सारबाट पठाउँदा तीन वर्षदेखि साना व्यवसायी समस्या रहँदा सरकारको आँखा नपुगेको बताए ।

व्यापारीले पाँच महिना अगाडि अर्डर गरेको समान समयमा नै नआउँदा व्यापार गर्नसमेत नपाएको बताएका छने । बैंक कर्जाको ब्याजदर वृद्धि, भाडा वृद्धि र सामानको मूल्य वृद्धिको कारण व्यापार गर्न नसक्ने अवस्था आएको उनीहरूको भनाइ छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *