Sajhamanch Archive

तीन वर्षमा गरेका काम देखेर दुनियाँ नै चकित परे :अध्यक्ष ओली

Published: (Updated: ) in प्रदेश तह, मुख्य समाचार, राजनीति, राष्ट्रिय समाचार, समाज, by .

फिक्कल, नेकपा एमालेका अध्यक्ष केपी ओलीले आफू नेतृत्वको सरकारले तीन वर्षमा गरेका काम देखेर दुनियाँ नै चकित परेको बताएका छन् ।

उनले एमालेले समय पार्टी नभएको पनि उनको भनाइ थियो । तीन वर्षमा देशको विकास गर्न सकिने रहेछ भन्ने अवस्थामा पुर्‍याएको उनको जिकिर थियो ।

इलाममा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै एमाले अध्यक्ष ओलीले एमाले विकासका सम्बन्धमा सोच्न, छलफल गर्ने, योजना बनाउने र देशलाई विकासको बाटोमा अगाडि बढाउने पार्टी भएको बताए ।

विश्व बैंकले नेपाललाई उदाउँदो सूर्यको रूपमा चित्रण गरेको छ । विश्वमा तीव्र ढंगले आर्थिक विकास गर्ने १० वटा देशमध्ये नेपाल एउटा देशका रूपमा देखिएको छ । शिक्षा क्षेत्रमा हामीले गरेको विकासलाई युनेस्कोले प्रशंसाका गरेको छ ।

स्वास्थ्य क्षेत्रमा हामीले गरेको विकास, कोभिड(१९ मा हामीले जनताको जीउधनको रक्षा गरेको कुरालाई विश्व स्वास्थ्य संगठनले प्रशंसा गरेको छ ।

नेकपा एमाले बाटाहरूको, बिजुलीको पुलहरूको, हवाइ विस्तारको, जल यातायातको, रेल यातायात, आधुनिकीकरणको, सञ्चार आदि क्षेत्रमा गरेको विकासलाई लिएर दुनियाँ चकित परेको छ । तीन वर्षको छोटो समयमा यति धेरै काम गर्न सकिन्छ ? उनले भने ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *