Sajhamanch Archive

ओलीलाई निर्वाचनमा पराजित गर्नुपर्छ : अध्यक्ष नेपाल

Published: in प्रदेश तह, राजनीति, राष्ट्रिय समाचार, समाज, by .

काठमाडौं– नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले आगामी वैशाखमा हुने स्थानीय तहको निर्वाचनमा दभ्म र अहंकारी शक्तिलाई पराजित गर्नुपर्ने बताएका छन्।

विभिन्न पार्टीका नेता कार्यकर्तालाई पार्टी प्रवेश गराउने कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन्। ‘हामीले यो चुनावमा आफ्नो शक्ति बलियो बनाएर जानुपर्छ। आफ्नै शक्तिले पनि हामीले जित्नुपर्ने हुन्छ,’ नेपालले भने, सहकार्य गर्नका लागि सँग–सँगै पनि चुनावमा जान चाहन्छौं।

दक्षिणपन्थी र विदेशीमा झुकाव राख्ने पराजित हुनपर्छ।’ अबको निर्वाचनमा दम्भ, अहंकार, निरकुशं प्रवृतिका बाहकलाई पराजित गर्नुपर्ने नेपालको भनाइ छ।

दम्भको शक्तिलाई, अहंकारको शक्तिलाई निरकुशं प्रवृतिका बाहककालाई पराजित गर्नुपर्ने छ, नेपालले भने।

कार्यक्रममा एमाले अध्यक्ष केपी ओलीको चर्को आलोचना गरेका उनले ओली परिवर्तनका बाहक नभइ यथास्थितिका बाहक भएको टिप्पणी गरे।

‘उनी (ओली) प्रतिगामी चरित्रका एक नमूना हुन्। त्यसैले प्रतिगमनका विरुद्ध वामपन्थी र लोकतान्त्रिक शक्ति मिलेर मोर्चा बनाएका छौं। त्यो तोड्नका लागि अनेक जाल–झेल, षडयन्त्र गरिए,’ उनले भने।

पार्टी देशव्यापी रुपमा फैलिएको भन्दै अध्यक्ष नेपालले अझै पार्टी सशक्त भएर जाने पनि बताए। ‘ओली पराजित हुँदै गएका छन्, तर पराजय नस्वीकार्ने, गम्भीर अपराध गरे पनि स्वीकार नगर्ने प्रवृतिले अधोगतिमा लागेका छन्,’ नेपालले भने।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *