Sajhamanch Archive

निष्पक्ष र भयरहित वातावरणमा चुनाव गराउन सरकार प्रतिबद्ध : प्रधानमन्त्री देउवा

Published: in प्रदेश तह, मुख्य समाचार, राजनीति, राष्ट्रिय समाचार, by .

विराटनगर- प्रधानमन्त्री शेरबहादुर देउवाले स्थानीय तहको निर्वाचन स्वच्छ, मर्यादित, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गर्न सरकार प्रतिबद्ध रहेको बताएका छन्। तोकिएकै समयमा निर्वाचन सम्पन्न गराउन सबैको सहयोग र सहकार्य आवश्यक रहेको देउवाको भनाइ थियो।

निर्वाचन गराउने काम निर्वाचन आयोगको भएको बताउँदै उनले सरकारले निर्वाचनका लागि आयोगलाई सहयोग गर्ने मात्र भएको बताए।

उनले स्थानीय तहले जनताको मन जितेर काम गर्नुपर्ने बताए। सुन्दरहरैचा नगरपालिका–८ सलकपुरस्थित प्रशासनिक कार्यालय भवनको आज शिलान्यास गर्दै उनले जनप्रतिनिधिले जनताको आकांक्षा अनुसार काम गर्नु पर्ने बताए।

प्रधानमन्त्री देउवाले उद्योग, पर्यटन र कृषि क्षेत्रको विकासका लागि प्रशस्त सम्भावना बोकेको यो नगरपालिकाले यहाँको समृद्धिका लागि महत्वपूर्ण काम गरोस् भनी शुभकामना व्यक्त गर्दै व्यवस्थित सहरीकरण आजको आवश्यकता भएको र यसतर्फ सबैको ध्यान जानु पर्ने बताए।

उनले निर्माण हुन लागेको भौतिक संरचनालाई पूर्णता दिन सङ्घीय सरकारले थप बजेट व्यवस्थापन गर्ने बताउँदै यहाँको पर्यटकीय स्थलको समुचित विकास गर्नुपर्नेमा जोड दिए।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *