Sajhamanch Archive

पुन: उम्मेदवार हुन राजीनामा दिनुपर्ने प्रावधानविरुद्ध सर्वोच्चमा रिट दर्ता

Published: (Updated: ) in मुख्य समाचार, राजनीति, राष्ट्रिय समाचार, समाज, by .

काठमाडौं– निर्वाचित जनप्रतिनिधिले फेरि उम्मेदवार हुन पदबाट राजीनामा दिनुपर्ने व्यवस्था खारेजीको माग गर्दै सर्वोच्च अदालतमा रिट दायर भएको छ।

सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिकाका अध्यक्ष निमा ग्याल्जेन शेर्पाले निर्वाचन आयोगले तयार पारेको आचारसंहिता खारेज हुनुपर्ने जिकिर गर्दै रिट दायर गरेका हुन्। सर्वोच्चले उनको रिट सोमबार दर्ता गरेको छ।

केन्द्र र प्रदेशको हकमा नपर्ने तर स्थानीय तहका प्रतिनिधिलक्षित गरेर यस्तो व्यवस्था हुनु गलत छ’, शेर्पाले भने, ‘कानुनले यस्तो आचारसंहिता निर्माण गर्ने आधार समेत दिएको छैन। त्यसैले खारेज हुनुपर्छ।’

आयोगले बनाएको आचारसंहिता गैरकानुनी भएकाले अन्तरिम आदेशमार्फत बदर हुनुपर्ने शेर्पाको माग छ। रिटको पेसी भोलिलाई तोकिएको गाउँपालिका प्रमुख शेर्पाले जानकारी दिए।

आगामी वैशाख ३० गते हुन गइरहेको निर्वाचनमा उम्मेदवारी दर्ता गरेपछि राजीनामा दिँदा स्थानीय सरकार रिक्त हुने र संविधानले खाली रहने परिकल्पना नगरेकाले आफूले सर्वोच्चमा मुद्दा दायर गरेको उनले बताए।

सर्वोच्चले देशभरका ७५३ स्थानीय तहका पदाधिकारीलाई न्याय दिने शेर्पाले बताए।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *