Sajhamanch Archive

फ्राइडे रिलिजमा  ‘कथा काठमाण्डू’, ‘छिरिङ्ग’ र ‘अनुराग’

Published: in टिप्स/जानकारी by .

काठमाडौं । फ्राइडे रिलिज अन्तरगत आज तीनवटा नयाँ नेपाली चलचित्र प्रदर्शनमा आएका छन् ।  ‘कथा काठमाण्डू’, ‘छिरिङ्ग’ र ‘अनुराग’ एक साथ रिलिज भएका हुन् ।

संगीता श्रेष्ठ निर्देशित चलचित्र ‘कथा काठमाण्डू’ ले फरकफरक तीनवटा कथा समानान्तर रुपमा उठान गरेको छ । प्रमोद अग्रहरी, प्रियंका कार्की, आयुष्मान देशराज जोशी, सन्ध्या केसी, संयोग कोइराला र प्रेक्षा अधिकारीको प्रमुख भूमिकामा छन् ।

चलचित्रको गीत ‘रातको कुरा…’ रिलिजपछि विवादमा तानिएको चलचित्र ‘कथा काठमाण्डू’ संगीता श्रेष्ठको डेब्यू मूभी हो ।

एक श्रीमतीका दुई श्रीमान्को कथा उठान गरेको चलचित्र हो ‘छिरिङ्ग’ । गायक तथा नायक यश कुमारले निर्देशन गरेको चलचित्रमा उनीसँगै अर्का गायक निमा रुम्बा मुख्य भूमिकामा छन् ।

‘कागवेनी’ पछि प्रमुख भूमिका रहेको उनको यो दोस्रो चलचित्र हो । ‘छिरिङ्ग’ मा कामना भुजेल अभिनेत्रीका रुपमा रहेकी छन् । ‘छिरिङ्ग’ यशकुमारको डेब्यू निर्देशन हो ।

यस्तै आजैबाट प्रदर्शनमा आएको अर्को चलचित्र हो, ‘अनुराग’ । ‘अनुराग’ मा पत्रकार ऋषि धमलाकी श्रीमती एलिजा गौतमले अभिनय गरेकी छन् । उनको यो डेब्यू चलचित्र हो ।

सत्यराज चौलागाईँ निर्देशन गरेको चलचित्रमा एलिजाको अपोजिटमा समुन्द्र पण्डित छन् ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *