राजीनामा दिएर मात्रै उम्मेदवारी दिन पाउने व्यवस्था तत्काल लागू नगर्न सर्वोच्चको आदेश
Published: (Updated: )
by .काठमाडौ, स्थानीय तह निर्वाचनमा जनप्रतिनिधिले राजीनामा दिएर मात्रै उम्मेदवारी दिनु पर्ने व्यवस्था तत्काल लागू नगर्न सर्वोच्च अदालतले अल्पकालीन अन्तरिम आदेश दिएको छ।
सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिकाका अध्यक्ष निमा ग्याल्जेन शेर्पाले दायर गरेको रिटमा मंगलबार सुनुवाइ गर्दै न्यायाधीश बमकुमार श्रेष्ठको एकल इजलासले अन्तरिम आदेश छलफलका लागि दुवै पक्षलाई झिकाउँदै त्यतिन्जले कार्यान्वयन नगर्न आदेश दिएको हो।
विपक्षी निर्वाचन आयोग र रिट निवेदकलाई अन्तरिम आदेश छलफलका लागि चैत १३ गते झिकाएको छ। सर्वोच्चले यो प्रावधान कार्यन्वयन गर्नु पर्ने कारण १५ दिन भित्रमा पेश गर्न पनि भनेको छ।
निवेदक शेर्पाले राजीनामा नदिई आगामी निर्वाचनमा उम्मेदवार बन्न पाउनु पर्ने माग गर्दै सोमबार रिट दायर गरेका थिए।
Comments