Sajhamanch Archive

कर्णबहादुर स्मृति भेट्रान कपः ट्राइवेकरमा भरौला भेट्रान कालाबन्जारा सुनसरी विजयी

Published: (Updated: ) in खेलकुद, विविधा by .

शिवसताक्षी । झापाको शिवसताक्षीमा जारी दोस्रो कर्णबहादुर स्मृति भेट्रान कपको मंगलबारको खेलमा भरौला भेट्रान कालाबन्जारा सुनसरी विजयी भएको छ ।

ट्राइबेकरमा आयोजक दूधे भेट्रान क्लबलाई ४–३ गोलअन्तरले हराउँदै भरौला भेट्रान कालाबन्जारा सुनसरी सेमी फाइनलमा प्रवेश गरेको हो ।
खेलको पहिलो हाफको ८ औं मिनेटमा आयोजक दूधे भेट्रान क्लबको तर्फबाट सन्तोष थोप्राले गोल गरेका थिए ।

त्यस्तै १२ औं मिनेटमा भरौला भेट्रान कालाबन्जारा भेट्रान क्लबले पाएको पेनल्टी सुटलाई सदुपयोग गर्दै टिम क्याप्टेन विमल कार्कीले गोल गरेपछि खेल बराबरीमा रहेको थियो । खेलको दोस्रो हाफ दुवै टिमबाट गोल हुन नसकेपछि खेल ट्राइबेकरमा धकेल्लिएको हो ।

ट्राइबेकरमा भरौला कालाबन्जारको तर्फबाट ४ र आयोजक दूधे भेट्रानको तर्फबाट ३ गोल भएपछि आयोजक खेलबाट बाहिरिएको थियो ।
खेलको म्यान आफ दि म्याच भरौला कालाबन्जारा सुन्सरीका गोल किप्पर टेकबहादुर धिमाल घोषित भए । उनले नगद रु १५ सय प्राप्त गरे ।
भोलीको पहिलो सेमी फाइनल खेल दमक–लखनपुर भेट्रान क्लब र धरान ए भेट्रान क्लब बीच हुने आयोजकले जनाएको छ ।

प्रतियोगिताको विजेताले ७५ हजारसहित ट्रफी, मेडल र प्रमाण् पत्र पाउने छन् । उपविजेताले ४५ हजार सहित मेडल, ट्रफी, र प्रमाण पत्र प्राप्त गर्ने आयोजकले जनाएको छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *