Sajhamanch Archive

नेपाली कांग्रेस शिवसताक्षीमा मेयर पदका आकांक्षी नौ जना, कसले पाउला टिकट ?

Published: (Updated: ) in मुख्य समाचार, राजनीति, विविधा, by .

शिवसताक्षी । स्थानीयतहको निर्वाचन नजिकदै गर्दा झापा शिवसताक्षीमा मेयर पदका लागि आकाक्षीहरुको चर्चा चल्न थालेको छ । सरकारले स्थानीयतहको निर्वाचन २०७८ बैसाख ३० गतेका लागि तोकेको छ ।

नेपाली कांग्रेस शिवसताक्षीमा मेयर पदका लागि आंकाक्षी उमेद्धारहरु आफ्नो पक्षमा माहोल बनाउन लागि परेका देखिन्छन् । शिवसताक्षीमा अहिले दिनहुँ जसो राजनीतिक विषयमा छलफल हुन थालेको छ । सबैले आकाक्षीले आफुले टिकट पाउने पर्ने दावी गर्छन् । शिवसताक्षीका लागि पर्शुराम ढुंगाना, भक्ति सिटौला, मनोज खुलाल कार्की, रतन थिङ्लाबु, असोक बस्नेत, तुला बोखिम, नारायणप्रसाद बजगाईँ, उमानाथ दाहाल, मचिन्द्र सेर्मा मेयर पदका लागि आकांक्षी देखिएका छन् । उनीहरुको चर्चा चोक तथा बजारमा चल्न थालेको कांग्रेस कार्यकर्ताहरु नै बताउँछन् ।

ढुंगाना शिवसतक्षी ८ झिलझिले निवासी हुन् । २०४५ सालमा नेपाल विद्यार्थी संघबाट राजनीतिक जीवन सुरु गरी हाल नेपाली कांग्रेस महाधिवेश प्रतिनिधि हुन् । उनी २०७४ सालको स्थानीयतहको निर्वाचनमा शिवसताक्षी नगरपालिकाका मेयर पदका उमेद्वार भई नेकपा एमालेसँग पराजित समेत बनेका थिए । लामो समय राजीनिक जीवनको अनुभव रहेको ढुंगाना शिवसताक्षी नगर नेपाली कांग्रेसका पूर्व नगर सभापति हुन् । उनी तत्कालिन सतासीधाम गाविस रहँदा पनि सभापति भई काम गर्दै आएका थिए । विभिन्न संघ संस्थामा रही राजीनिक साथै सामाजिक काम पनि उति संक्रिय भूमिका निर्वाह गर्दै आएको व्यक्तिका रुपमा उनी चिनिएका छन् ।

सिटौला शिवसताक्षी नगरपालिका वडा नं. ४ निवासी हुन् । २०४९ सालको निर्वाचनमा पाँचगाछी गाविस उपाध्यक्षमा निर्वाचित भई काम गरिसकेको उनको अनुभव छ । नेपाली कांग्रेस पूर्व जिल्ला सचिव हुँदै हालको महाधिवेशन प्रतिनिधिका रुपमा रहेका छन् । राजनीतिक जीवनसँगै सामाजिकमा उती नै संक्रिय सिटौला आगामी निर्वाचनमा नेपाली कांग्रेसको तर्फबाट मेयर पदको उम्मेद्वारका लागि पार्टीबाट टिकट पाउनु पर्ने दावी गर्छन् ।

खुलाल शिवसताक्षी ६ शिवगञ्ज निवासी हुन् । २०७४ सालका स्थानीयतहको निर्वाचनमा शिवसताक्षी नगरपालिका वडा नं. ६ का निर्वाचित वडाध्यक्ष हुन् । उनी पनि मेयर पदका लागि आकाक्षी देखिएका छन् । नेविसंघ पूर्व जिल्ला सचिव समेत रहेका खुलाल हाल विकास प्रेमी युवा जनप्रतिनिधिको रुपमा चिनिन्छन् ।

थिङ्लाबु शिवसताक्षी ११ दूधे निवासी हुन् । साविक सतासीधामका पार्टी सचिव, दक्षिण कोरिया जनसम्पर्क समितिको संस्थापपक अध्क्षय, नेपाली कांग्रेसको पूर्व जिल्ला सदस्य, जिल्ला समन्वय समिति उपाध्यक्ष, साविक सतासीधाम गाविस तरुणदलको सभापति भई समाजिक रुपमा सक्रिय रहेका छन् । २०७४ सालको स्थानीयतहको निर्वाचनमा पनि मेयर पदका आकांक्षी रहेकाले लामो समय पार्टी अनवरत रुपमा काम गरेको हुँदा मेयर पदका उम्मेद्वारको लागि आफु पनि योग्य भएको थिङ्लाबु बताउँछन् ।

बस्नेत शिवसताक्षी ११ दूधे निवासी हुन् । साविक सतासीधाम गाविस नेपाल तरुणदल सभापति र नेपाली कांग्रेस सचिव, नेपाल विद्यार्थी संघ जिल्ला सदस्य, नेपाली कांग्रेसको १३ औं महाधिवशनबाट शिवसताक्षी नगर सचिव हुँदै १४ औं महाधिवशनबाट शिवसताक्षी नगरको निर्वाचित सभापति हुन् । उनी २०७४ सालको स्थानीय तहको निर्वाचनमा शिवसताक्षी नगरपालिका वडा नं. ११ को वडाध्यक्ष पदका उमेद्वार भई भैरवकुमार श्रेष्ठसँग झिनो मतले पराजित बनेका थिए ।

बोखिम शिवसताक्षी नगरपालिका वडा नं. ७ निवासी होटल व्यवसायी हुन् । उनी नेपाल तरुणदल महाधिवेशन प्रतिनिधि र पूर्व नगर उपसभापति हुन् । नेपाली कांग्रेसको १४ औ महाधिवेशनमा निर्वाचित नगर सभापति अशोक बस्नेतका प्रतिश्पर्धी हुन् । युवाहरुमा माझमा लोकप्रिय छन् । नेपाली कांग्रेस पार्टीलाई आदर्श रुपमा राखी समाज रुपमान्तरणमा उती सक्रिय रहेकाले पनि आफु मेयर पदका लागि योग्य भएको उनी बताउँछन् ।

त्यसैगरी मेयर पदका अर्का आकांक्षी बजगाईं शिवसताक्षी ११ निवासी हुन् । उनी २०४९ सालको स्थानीयतहको निर्वाचनमा निर्वाचित जनप्रतिधि हुन् । नेपाली कांग्रेस साविक सतासीधाम गाविसका दुई कार्यकाल सभापति, पार्टीको पूर्व क्षेत्रीय सभापति र नेविसंघ जिल्ला उपसभातिमा रहेर काम गरिसकेको बताएको छ । उनी हाल खुद्रा बचत तथा ऋण सहकारी सस्थाका अध्यक्ष समेत हुन् ।

सेर्मा शिवसताक्षी नगरपालिका २ निवासी हालको महाधिवेशन प्रतिनिधि हुन् । लामो समयदेखि निरन्तर पार्टीमा सक्रिय झापा काठमाण्डौ सम्पर्क मञ्चको उपाध्यक्ष हुन् । उनी विभिन्न सामाजिक काममा सक्रिय रहेका छन् ।

दाहाल शिवसताक्षी नगरपालिका वडा नं ९ निवासी पूर्व शिक्षक तथा प्राचार्य हुन् । हाल नेपाली कांग्रेस बुद्धिजिवी जिल्ला सह संयोजक र पार्टीको बौद्धिक व्यक्तित्वका रुपमा परिचित छन् ।

नेपाली कांग्रेसमा यति धेरै आकांक्षी भई रहँदा सबैले पार्टीको केन्द्रिय नेतृत्वसँग मेयर पदका टिकटका लागि लबिङ सुरु गरिएको बुझिएको छ ।
नेपाली कांग्रेसमा मेयर पदका लागि यति धेरै आकांक्षी हुनु स्वभाविक रहेको मेयरका आकाक्षी तथा नेपाली कांग्रेस नगर सभापति असोक बस्नेत बताउँछन् । लामो समय आ– आफ्नो ठाउँ रहेर पार्टीमा योगदान दिइने व्यक्तिहरु नै आकांक्षीको रुपमा रहेको उनको भनाई छ । उनले आफु पनि हालको नगर सभापति रहेकाले स्वभाविक रुपमा मेयर पदका आकाक्षी रहेको जानकारी दिए ।

यता २०७४ सालको निर्वाचनमा शिवतसाक्षीका मेयर पदका लागि नेकपा एमालेका चन्द्रकुमार सेर्मा निर्वाचित भएका थिए । नेपाली कांग्रेसका उम्मेद्वार हालको पनि मेयर पदका आकांक्षी पर्शुराम ढुंगाना ४ हजार ४ सय ५५ मतले पराजित बनेका थिए । नेपाली कांग्रेस शिवसताक्षीमा मेयर पदका आंकाक्षी नौ जना रहेकाले कसले टिकट पाउने भने हेर्न बाँकी छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *