Sajhamanch Archive

नेप्से साढे १६ अङ्कले घट्यो, राष्ट्रउत्थान लघुवित्त र इमर्जिङ नेपालको शेयर १० प्रतिशतले बढ्यो

Published: in अर्थतन्त्र, मिडियाबाट साभार by .

झापा । शेयर बजार आज बिहीवार पनि घटेको छ । हिजो बुधवार २० अङ्कले घटेको शेयर बजार परिसूचक नेप्से आज १६ दशमलव ६९ अङ्कले घटेर दुई हजार ६ सय १३ दशमलव ६७ विन्दुमा झरेको छ ।

आज बीमाबाहेक सबै समूहको शेयर ओरालो लागेको छ । बजार घटे पनि कारोबार रकममा भने सामान्य सुधार आएको छ । आज दुई सय २४ वटा कम्पनीको ५२ लाख ९८ हजार कित्ता शेयर तीन अर्ब २४ करोड ८९ लाख रुपैयाँ कारोबार भएको छन् । जीवन विकास लघुवित्त कम्पनीको ३० करोड ६३ लाख र नेपाल दूरसञ्चार कम्पनीको २३ करोड ५० लाख रुपैयाँको शेयर किनबेच भयो ।

लाभांशका लागि शेयर किनबेच र होल्ड गर्ने आज अन्तिम दिन भएकाले जीवन विकास र दूरसञ्चार कम्पनीको शेयर कारोबार बढेको हो ।
आज नेपाल फाइनान्स र साम्लिङ पावर कम्पनीको शेयर साढे चार प्रतिशतभन्दा धेरैले घटेको छ । समग्र बजार घटे पनि राष्ट्र उत्थान लघुवित्त र इमर्जिङ पावर कम्पनीको शेयर १० प्रतिशतले बढेको छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *