समावेशी महिला सशक्तिकरण केन्द्र झापाको नयाँ कार्यसमिति चयन
Published:
by .कमल । अगामी कार्यकालकालागी अध्यक्षमा श्रृजना पौडेललाई चयन गर्दै समावेशी महिला सशक्तिकरण केन्द्र झापाको सातौ साधारणसभा सम्पन्न भएको छ ।
त्यसैगरी समितीको उपाध्यक्ष उषा भण्डारी सचिव भगवती राई सहसचिव चन्द्रकला सुब्बा, कोषाध्यक्ष शेलिना राई लाई सर्वसम्मत चयन भएको निर्वाचन समिती संयोजक चक्र गुरुङ्गले जानकारी दिए । समितीको सदस्य माण्डुका नेपाल, देवी बानिया, उषा दाहाल र आशा लिम्बु समेत चयन भएको गुरुङ्गले बताए ।
केन्द्रकी अध्यक्ष गौरा चापागाईको अध्यक्षतामा सम्पन्न कार्यक्रममा कमल गाउँपालिका वडा नम्वर ३ का वडा अध्यक्ष नर प्रसाद दंगाल, लखनपुर खानेपानी सस्थाकी अध्यक्ष उषा भण्डारी, श्रुतिकृती महिला सहकारी सस्थाकी अध्यक्ष सरस्वती सेडाई लगायतले साधारण सभा तथा नव निर्वाचित समितीलाई कार्यकाल सफलताको दिएका थिए ।
कमल गाउँपालिका ३ स्थित सिंह देवी मन्दिरको सभाहलमा सम्पन्न भएको कार्यक्रमको सन्चालन सचिव ममता गुरुङ्गले गरेकी थिइन् ।
Comments