सतासी महिला मौरी पालन सहकारी संस्थामा मह प्रशोधन मेसिनको उद्घाटन
Published: (Updated: )
by .शिवसताक्षी । झापा शिवसताक्षीको दूधेमा रहेको सतासी महिला मौरी पालन सहकारी संस्थामा मह प्रशोधन मेसिनको उद्घाटन गरिएको छ ।
प्रदेश नं. १ का कृषि मन्त्री माननीय झलकसिंह दर्लामी र साहरा नेपालका कार्यकारी निर्देशक महेन्द्र गिरीले संयुक्त रुपमा प्रशोधन मेसिनको उद्घाटन गरेका हुन् ।
उद्घाटनका क्रममा बोल्दै मन्त्री दर्लामीले प्रदेश १ कै नमुना मौरीपालनको रुपमा सतासी मौरीपालन रहेको बताए । उनले यस मौरीपालन सहकारी संस्थाको अधुरो भवनलाई पनि आउँदा दिनहरुमा पुरा गर्ने बचन दिए ।
सहारा नेपालका कार्यकारी निर्देशक गिरीले कृषिको रुपमा मौरीपालन व्यवसायले गरिवी न्यूनिकरण्का लागि महत्व पूर्ण भूमिका रहने सक्ने बताए । उनले यसलाई सहकारी संस्थाहरु मिलेर प्रदेश स्तरीय मौरी उद्योगको रुपमा विकास गर्न खोजिएको बताए ।
सतासी महिला मौरीपालन सहकारीले ४० लाखको लागतमा मह प्रशोधन मेसिन ल्याएको जनाएको छ । मौरीपालन सहकारी संस्था र प्रदेश १ कृषि मन्त्रालय साझेदारी कार्यक्रम उक्त मह प्रशोधन मेसिन लिएको हो । सहकारी संस्थाको २० लाख र प्रदेश १ को कृषि मन्त्रालयबाट विनियोजित २० लाख गरी जम्मा ४० लाखबाट उक्त मेसिन खरिद गरिएको मौरी पालन कृषि सहकारी संस्थाकी व्यवस्थापक देवी दाहालले जानकारी दिइन् ।
कार्यक्रममा सतासी मौरीपालन सहकारी संस्थाले कृषि मन्त्री दर्लामी र साहारा नेपालका कार्यकारी निर्देशक गिरीलाई सम्मान गरेको थियो ।
कार्यक्रममा शिवसताक्षी नगरपालिका वडा नं ११ का वडाध्यक्ष भैरवकुमार श्रेष्ठ, नेपाली कांग्रेस नगर सभापति अशोक बस्नेत, नेकपा माओवादी नगर अध्यक्ष महेन्द्र भट्टराई लगायतको उपस्थिति रहेको थियो ।
संस्थाकी अध्यक्ष धनमाया थापाको अध्यक्षमा भएको कार्यक्रमको सञ्चालन संस्थकी व्यवस्थापक देवी दाहालले गरेकी थिइन् ।
Comments