Sajhamanch Archive

विर्तामोडमा नेपाल सुरक्षित मातृत्व तथा नवशिशु स्वास्थ्य रोडम्याप सम्बन्धि अभिमुखीकरण

Published: in विविधा, समाज by .

विर्तामोड । नेपाल सुरक्षित मातृत्व तथा नवशिशु स्वास्थ्य रोडम्याप २०३० सम्वन्धि एक दिन अभिमुखीकरण कार्यक्रम बिर्तामोडमा सम्पन्न भएको छ ।

बिर्तामोड नगरपालिकाको स्वास्थ्य शाखाको आयोजनामा बिहीबार होटल ग्राण्ड प्यासिफिकमा कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रमको नगरप्रमुख ध्रवकुमार शिवाकोटीले उद्घाटन गरेका हुन् ।

कार्यक्रममा बोल्दै नगरप्रमुख शिवाकोटीले गर्भदेखिनै रेखदेख गर्दा तिनिधि मात्र आमा र बच्चाको स्वास्थ्य अवस्था राम्रो हुने भएकोले सबै सचेत रहन आग्रह गरे । उनले जनप्र आएदेखि बिर्तामोडमा गर्भवति महिलाहरुको लागि आवश्यक परामर्शका साथै निशुल्क क्याल्सियम वितरण गर्दै आएको जानकारी दिए ।

चेतना अभावकाकारण धैरै महिलाहरु असुरक्षित बन्ने गरेको भन्दै उहाँले सचेतनामुलक कार्यक्रमहरुलाई अझै बढाएर लैजानु पर्नेमा जोड दिए । गर्भवति भएको थाहा पाउने वित्तिकै नगरको स्वास्थ्य शाखामा जानकारी गराएर आवश्यक परामश,औषधीकासाथै सुरक्षित प्रसुतिको सेवा लिनपनि नगरप्रमुख शिवाकोटीले सबैलाई आग्रह गरेका थिए ।

कार्यक्रममा सुरक्षित सुत्केरी सेवा,बच्चालाई गर्नु पर्ने रेखदेख,गर्भवति महिलाहरुले पाउँदै आएको सेवा सुविधा र अव गर्नु पर्ने काम,कर्तव्यका बारेमा प्रशिक्षण प्रदान गरीएको थियो । जनप्रतिनिधि र स्वास्थ्य कर्मचारीहरुको लागि आयोजना गरीएको उक्त अभिमुखिकरण कार्यक्रमको सहजीकरण बिर्तामोड नगरपालिका स्वास्थ्य शाखाका प्रमुख राजिव विष्ट,अस्पताल नर्स निरिक्षक संगिता अधिकारी र सिनियर अहेव अधिकृत दिपक सापकोटाले गरेका थिऐ । बिर्तामोड नगरपालिकाले सुत्केरी महिलालाई घरमै गएर गरिने जाँच सेवा पिएनसी होम भिजिट कार्यक्रम यस अघिनै शुरु गरेको छ । यस्तै सुरक्षित गर्भपतन सेवा पनि नियमितरुपमा नगरअस्पताल अनारमनिबाट दिँदै आएको जनाइएको छ

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *