प्रदेश १ः प्रदेशसभाको चालू हिउँदे अधिवेशन अन्त्य
Published:
by .झापा । मन्त्रिपरिषद्को आज बसेको बैठकले प्रदेशसभाको चालू हिउँदे अधिवेशन अन्त्य गर्ने निर्णय गरेको छ । मुख्यमन्त्री राजेन्द्रकुमार राईको अध्यक्षतामा बसेको बैठकले आज राति १२ बजेबाट हिउँदे अधिवेशन अन्त्य गर्न प्रदेश प्रमुखलाई सिफारिस गर्ने निर्णय गरेको हो ।
मन्त्रिपरिषद्को बैठकका निर्णयबारे जानकारी दिनुहुँदै यातायात व्यवस्था तथा सञ्चारमन्त्री उपेन्द्रप्रसाद घिमिरेले प्रदेश सभाको चालू हिउँदे अधिवेशन अन्त्य गर्न प्रदेश प्रमुखको कार्यालयमा पत्र पठाउने निर्णय भएको बताए ।
प्रदेश नं।१ मन्त्रिपरिषद्को सिफारिस बमोजिम प्रदेश प्रमुख परशुराम खापुङ्गले नेपालको संविधानको धारा १८३ को उपधारा(२) बमोजिम आज राति १२ बजेदेखि प्रदेश सभाको नवौं तथा चालू हिउँदे अधिवेशन अन्त्य गरेका हुन् ।
Comments