Sajhamanch Archive

टिपरको ठक्करबाट दुई विद्यार्थीको मृत्यु भएपछि सुन्दरीजलमा तनाव

Published: in मिडियाबाट साभार, विविधा by .

काठमाडौं । जिल्लाको गोकर्णेश्वर नगरपालिका–१, सुन्दरीजलमा टिप्परको ठक्करबाट दुई जना विद्यार्थीको मृत्यु भएपछि तनावको स्थिति सिर्जना भएको छ । स्थानीय वल्र्ड युथ इन्टरनेश्नल स्कुलमा अध्ययरत सृष्टी र श्रेया घिसिङको टिपरको ठक्करबाट मृत्यु भएपछि तनावको स्थिति सिर्जना भएको हो ।

आक्रोशित स्थानीयले ट्रिपरमा तोडफोड गरेका छन्, सडक अबरुद्ध पारेका छन् । स्थितिलाई नियन्त्रणमा लिन बाक्लो प्रहरी परिचालन गरिएको छ । केही राउण्ड अश्रूग्याँससमेत प्रहार गरिएको छ ।

बिहान ८ बजे दुई जनालाई उनीहरुका बुबाले मोटरसाइकलमा राखेर स्कुल लैजाँदै गर्दा बा ४ ख ६९६५ नम्बरको टिपरले ठक्कर दिंदा घटनास्थलमै मृत्यु भएको थियो । घटनामा उनीहरुका बुबा रोहन घिसिङ पनि गम्भीर घाइते छन्। चालकले टिपर ब्याक गरेर दुवै छोरीलाई किचेको घिसिङको आरोप छ । घाइते घिसिङको नेपाल मेडिकल कलेज अत्तरखेलमा उपचार भइरहेको छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *