शिवसताक्षीमा दुई वडा कार्यालय भवनको शिल्यान्यस
Published: (Updated: )
by .शिवसतसाक्षी । झापा शिवसताक्षीमा दुई वडा कार्यालय भवन निर्माणका लागि शिल्यान्यस गरिएको छ । शिवसताक्षी नगरपालिका वडा नं. ९ र १० को वडा कार्यालय शिल्यान्यस गरिएको हो ।
वडा नं. ९ को यलम्बर चौकदेखि २ सय मिटर दक्षिण र वडा नं. १० के एन के स्पोटिङ्ग क्लबसँगै जोडिएको जग्गामा नगरप्रमुख चन्द्रकुमार शेर्मा र नगर उपप्रमुख भोजकुमारी नेपाल र सम्वन्धि वडाका वडाध्यक्षहरुले शिल्यान्यास गरेका हुन् ।
वडा नं. ९ मा स्थानीय दिपन्द्र कडरिया र मनकुमार कडरियाले ४ कठ्ठा जग्गा निःशुल्क प्रदान गरेपछि नगरपालिका भवन निर्माणका लागि जुटेको हो । वडा नं. १० भने सरकारी जग्गा रहेकाले हाल के एन के स्र्पोटिङ्ग क्लबको सँगै रहेको जग्गामा भवन निर्माण गरिने छ ।
नगरपालिकामा साविकका चार गाविस भवनहरु नै वडा कार्यालयले प्रयोगमा ल्याएको छ भने अन्य ५ वटा वडाहरुमा यस अघि नै वडा कार्यालय भवन निर्माण भइसकेको शिवसताक्षी नगरपालिकाले जनाएको छ ।
शिल्यान्यासका क्रममा बोल्दै नगर प्रमुख सेर्माले आफु जनप्रतिनिधि भएपछि नगर भित्रका सबै वडाहरुमा सुविधा सम्पन्न भवन सञ्चालन गरिने योजना करिब पुरा भएको बताए ।
उनले बर्तमान कार्यपालिकाकै अवधिमा ९ र १० नम्बर वडा आफ्नो भवनमा नभएपनि निकट भविष्यमा आउने वडा पालिकाले नयाँ भवनमा आफ्नो सेवा संचालन गर्न पाउने छ ।’
प्रमुख सेर्माले भवन निर्माणका काम सुरु भएदेखि नरोकीकन तोकिएकै समयमा नगरपालिकाले मापदण्ड अनुसार नै भवन सम्पन्न गरी नगरपालिकालाई बुझाउन निर्माण कम्पनीलाई सुझाए ।
वडा नं. १० नम्बर वडाको कार्यालय भवन निर्माणको ठेक्का झापा गाँउपालिकाको रुस्तम निर्माण सेवा ले पाएको छ । वडा भवन निमार्णका लागि भ्याटबाहेक १ करोड २६ लाख ८२ हजार ५ सय ३६ रुपैयाँमा सम्झौता हुने भएको छ । भवनका लागि १ करोड ९१ लाख ३४ हजार ३६९ मा नगरपालिकाले ठेक्का आब्हान गरेको थियो ।
दुई तला भएको भवनमा ८ कोठा हुने छन् । त्यसमा एउटा सभा हल समेत हुने नगरपालिकाका इन्जिनियर कृष्ण राईले बताए । आरसीसी फ्रेम स्टक्चरमा निर्माण हुने भवन अन्य वडाको भन्दा भिन्न हुने इन्जिनियर राईले जानकारी दिए । भवन २१७.२ स्क्वायर मिटरमा निर्माण हुने छ ।
यस्तै ९ नम्बर वडाको भवन पनि नगर प्रमुख शेर्माले शिलान्यास गरे । १ करोड २९ लाखमा दुधेको शिवभक्त निर्माण सेवाले ठेक्का पारेको पालिकाले जनाएको छ । निर्माण कम्पनीका संचालक देवेन्द्र खरेलले तोकिएको समयमा गुणस्तरयुक्त भवन निर्माण गरेर पालिकालाई हस्तान्तरण गर्ने प्रतिबद्धता जनाए ।
शिल्यान्यस कार्यक्रममा सम्बन्धित वडाका वडाध्यक्षहरु कर्णबहादुर थापा, छविलाल पाठक, पूर्व सांसद तारासम योङ्या, नेकपा एमाले नगर अध्यक्ष रोषन थोप्रा, वडा नं. ११ वडाध्यक्ष भैरवकुमार श्रेष्ठ लगायतको उपस्थिति रहेको थियो । शिल्यान्यस कार्यक्रम शिवसताक्षी नगरपालिका प्रशासन प्रमुख डिल्ली नेपालले गरेका थिए ।
Comments