टी–२० अन्तर्राष्ट्रियमा नेपाली बलरको पहिलो ह्याट्रिक विकेट
Published:
by .
काठमाडौं । करण केसी टी–२० अन्तर्राष्ट्रियमा ह्याट्रिक विकेट लिने पहिलो नेपाली बलर बनेका छन् । त्रिकोणात्मक टी–२० श्रृंखला अन्तर्गत बिहीबार कीर्तिपुरस्थित टीयू मैदानमा भएको खेलमा करण केसीले ह्याट्रिक सहित ५ विकेट लिए ।
करणको ५ विकेट लिएपछि नेपालले पपुवा न्यूगिनी ९पीएनजी० लाई २ बल अगावै १६६ रनमा अलआउट गर्दै ३७ रनको जित हात पारेको छ । नेपाल लगातार तीन खेल जित्दै फाइनल समेत पुगेको छ ।
करणले अन्तिम ओभरको दोस्रो, तेस्रो र चौथो बलमा लगातार विकेट लिए । टी–२० अन्तर्राष्ट्रियमा कुनै पनि नेपाली बलरले लिएको यो पहिलो ह्याट्रिक हो ।त्यसअघि करणले खेलको पहिलो ओभरमा लेगा सिएकाको विकेट लिँदै टी–२० अन्तर्राष्ट्रियमा ५० विकेट पूरा गरेका थिए । त्यस्तै उनले तेस्रो ओभरमा पीएनजीका कप्तान असद भालाई आउट गरेका थिए ।
अन्तिम ओभरमा करणले ह्याट्रिक विकेट लिए । उनले उक्त ओभरको दोस्रो २ रन बनाएका चाड सपरलाई रोहित पौडेलबाट क्याचआउट गराए । यस्तै तेस्रो बलमा सिमोन अटाईलाई बोल्ड गरे । चौथो बलमा नोसाइन पोकनालाई दीपेन्द्रबाट क्याचआउट गराए ।
टी–२० अन्तर्राष्ट्रियमा नेपाली बलरले एकै खेलमा ५ विकेट लिएको यो पहिलो अवसर हो । यसअघि करणको उत्कृष्ट प्रदर्शन सन् २०१९ मा नेदरल्याण्ड्स विरुद्ध ३।३ ओभरमा १७ रन खर्चेर ४ विकेट लिनु थियो ।
Comments