Sajhamanch Archive

जनकपुरबाट रेल चढेर भारत जान परिचयपत्र अनिवार्य

Published: in मिडियाबाट साभार, मुख्य समाचार, विविधा by .

झापा । औपचारिक रुपमा जनकपुर–जयनगर रेल सेवाको उद्घाटन भएपछि यात्रुले विभिन्न नियमको पालना गर्नुपर्ने भएको छ । नेपाल र भारतका प्रधानमन्त्री शनिबार दिल्लीबाट भर्चुअल माध्यममार्फत नेपाल रेल सेवाको उद्घाटन गर्ने कार्यक्रम रहेको छ । प्रधानमन्त्री शेरबहादुर देउवा र भारतीय समकक्षी नरेन्द्र मोदीले संयुक्तरुपमा दिल्लीबाट भर्चुअल माध्यमबाट शनिबार गर्न लागेको नेपाल रेल्वे कम्पनीका महाप्रबन्धक निरन्जन झाले जानकारी दिए ।

रेल उद्घाटन भएर सञ्चालनमा आएपछि रेलमा भारतसम्म जानका लागि नेपाली नागरिकले केही कागजातहरु साथमा राख्नुपर्ने गरी नियम बनाइएको छ । सुरक्षा र खुल्ला बोर्डरलाई मध्यनजर गर्दै नेपाली नागरिकले साथमा पासपोर्ट वा नेपाली नागरिकताको प्रमाणपत्र बोक्नुपर्ने हुन्छ ।

नागरिकता नभएमा निर्वाचन आयोगबाट जारी भएको मतदाता परिचयपत्र भएपनि हुने झाले जानकारी दिए । यस्तै आकस्मिक प्रवेशका महावाणिज्य दूतावासद्वारा जारी गरिएको फोटो सहितको सिफारिस पत्र वा प्रमाणपत्र चाहिने व्यवस्था गरिएको छ । त्यस्तै १० देखि १८ वर्ष उमेर मुनिका बालबालिकाको हकमा स्कुलको फोटो सहितको परिचयपत्र अनिवार्यरुपमा साथमा राख्नु पर्ने झाले बताए ।

शनिवार १२ बजेदेखि १२ः३० बजेसम्म रेल्वे उद्घाटनको समय तालिका रहेको छ । त्यसका लागि आवश्यक तयारी लगभग पुरा भएको छ । झाका अनुसार जनकपुर रेल्वे स्टेशनमा मञ्च निर्माण गरिँदैछ । जयनगरमा अतिविशष्ट व्यक्तिहरु रहने र त्यहाँबाट प्रोजक्टरमा दिल्लीमा हुने उद्घाटन कार्यक्रम प्रत्यक्ष प्रशारणको व्यवस्था गरिएको र दुबै देशका प्रधानमन्त्रीले रेल्वे उद्घाटन गरेपछि रेल कुर्थाका लागि प्रस्थान गर्नेबताएका छन् ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *