Sajhamanch Archive

भद्रपुरमा मानव बेचबिखन तथा ओसारपसार बिरुद्धको सचेतना

Published: (Updated: ) in विविधा, समाज by .

भद्रपुर । सानाहातहरू नेपाल भद्रपुरको आयोजनामा भद्रपुरमा एक दिने मानव बेचबिखन तथा ओसारपसार बिरुद्धको सचेतना कार्यक्रम सम्पन्न गरिको छ ।

संस्थाका अध्यक्ष जगत वाग्लेको अध्यक्षता तथा भद्रपुर नगरपालिकाकी उपप्रमुख चन्द्रमाया श्रेष्ठको प्रमुख आतिथ्यमा कार्यक्रम सम्पन्न गरिएको हो ।

भद्रपुर नगरपालिका वडा नम्बर ८ का वडाध्यक्ष मनोज सुब्बा विशिष्ट अतिथि रहेको कार्यक्रममा सस्थाको कार्य बारे संस्थाका स्टेशन म्यानेजर विक्रम वाग्लेले प्रष्ट पारेका थिए ।

कार्यक्रममा पूर्व डिएसपी तथा जेष्ठ नागरिक भद्रपुरका उपाध्यक्ष धनप्रसाद शिवाकोटी, मानव अधिकारका लागि महिला एकल महिलाकी केन्द्रीय सचिव रेखा अधिकारी, भद्रशिवा आमा समुह अध्यक्ष प्रमिला कोइराला लगायतले शुभकामना मन्तव्य राखेका थिए भने अधिवक्ता भिम वराल, वडा प्रहरी कार्यालय भद्रपुरका प्रहरी निरीक्षक दलकुमार राई र भद्रपुर नगरपालिका सामाजिक विकास शाखा प्रमुख जीवनकला राउतले बैदेशिक रोजगार, मानव बेचबिखन तथा ओसारपसार, लैगिक हिंसा र यसका कानुनी उपचारका पक्षमा केन्द्रित भएर प्रशिक्षण दिएका थिए ।

 

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *