Sajhamanch Archive

शेयर बजार झन्डै १६ अङ्कले घटेर २५ सय विन्दुभन्दा तल झर्‍यो

Published: (Updated: ) in अर्थतन्त्र by .

झापा । शेयर बजार आज सोमवार पनि घटेको छ । हिजो आइतवार झन्डै ३१ अङ्कले घटेको शेयर बजार आज १५ दशमलव ९४ अङ्कले घटेर दुई हजार चार सय ९७ दशमलव ४७ विन्दुमा झरेको छ ।

सबै समूहको शेयर घटेकोमा बीमा, विकास बैंक र व्यापार समूहको शेयर उच्च अङ्कले ओरालो लागेको छ । यस्तै २२६ वटा कम्पनीका ३४ लाख २९ हजार कित्ता शेयर एक अर्ब ५८ करोड ४६ लाख रुपैयाँमा कारोबार भएको छ । सबैभन्दा धेरै इमर्जिङ नेपालको ६ करोड ३९ लाख रुपैयाँको शेयर किनबेच भयो ।

आज कर्णाली विकास बैंक र प्रभु इन्सुरेन्सको शेयर चार प्रतिशत भन्दा धेरैले घटेको छ । समग्र बजार घटे पनि राष्ट्र उत्थान र नेस्डो समृद्ध लघुवित्तको शेयर १० प्रतिशतले बढको छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *