चोभार सुक्खा बन्दरगाह आजदेखि सञ्चालनमा
Published:
by .काठमाण्डौ । चोभारमा बनेको सुक्खा बन्दरगाह आज मङ्गलवारदेखि सञ्चालनमा आएको छ । बन्दरगाहको आज प्रधानमन्त्री शेरबहादुर देउवाले उद्घाटन गरेका छन्।
प्रधानमन्त्री देउवाले वीरगञ्ज नाका हुँदै काठमाण्डौका लागि मालवस्तु बोकेर आएका तीन वटा कन्टेनरलाई भित्राएर बन्दरगाहको उद्घाटन गरेका हुन। अब नेपालका विभिन्न देशबाट भित्रिएका ट्रक तथा कन्टेनरलाई सिधै चोभारमा ल्याएर भन्सार जाँच पास गर्न सकिने भएको छ । यस्तै विदेश निर्यात गर्ने सामानको भन्सार जाँच पास पनि चोभारबाटै हुनेछ ।
यसअघि काठमाण्डौ र आसपासका जिल्लाका लागि आयात भएका सामान पनि सीमावर्ती क्षेत्रका भन्सारमै जाँच पास गर्नुपर्दा लोडरअनलोड लगायतको समस्या थियो ।
चोभार बन्दरगाहमा पाँच सय वटा ट्रक तथा कन्टेनर पार्किङको सुविधा तथा भन्सार कार्यालय, क्वरेण्टीन, सुरक्षाचौकी लगायतको सुविधा रहेको छ । चोभार बन्दरगाह निर्माणका लागि विश्व बैंकले एक अर्ब ५४ करोड रुपैयाँ ऋण सहयोग गरेको छ ।
Comments