Sajhamanch Archive

टेलिकमका कर्मचारीको मागः बाहिरका मान्छेलाई संस्थाको प्रबन्ध निर्देशक बनाउन हुँदैन

Published: (Updated: ) in मिडियाबाट साभार, विविधा by .

काठमाण्डौ । नेपाल टेलिकममा टेलिकमभित्रकै कर्मचारीलाई प्रबन्ध निर्देशक बनाउन माग गर्दै कर्मचारीहरू आन्दोलित भएका छन् । आज बुधवार टेलिकमको केन्द्रीय कार्यालयमा नेपाल टेलिकम वर्कश युनियनले खबरदारी सभाको आयोजना गर्दै प्रबन्ध निर्देशकमा टेलिकमभित्रकै वरिष्ठ व्यक्तिलाई नियुक्त गर्न माग गरेको हो ।

सरकारले रिक्त रहेको प्रबन्ध निर्देशकको पदमा नियुक्ति गर्ने तयारी गरिरहेका बेला कर्मचारीहरूले बाहिरबाट व्यक्ति ल्याएर प्रबन्ध निर्देशक बनाउन नहुने भन्दै खबरदारी गरेका हुन् । टेलिकममा संस्था बुझेको, संस्थामा भिजेको र लगानी गरेको मान्छे प्रबन्ध निर्देशक हुनुपर्ने नेपाल टेलिकम वर्कश युनियन केन्द्रीय समितिका अध्यक्ष राजेन्द्रप्रसाद जोशीले बताए । टेलिकममा बाहिरी हस्तक्षेप हुन लागेको भन्दै उनले बाह्य हस्तक्षेपबाट मुक्त गराउनका लागि खबरदारी गरिएको बताए ।

उन्ले भने – ‘विभिन्न किसिमका सेटिङका कुराहरू पनि आएका छन् । हामी के चाहन्छौँ भने नेपाल टेलिकमलाई बाह्य हस्तक्षेपबाट होइन, संस्था बुझेको मान्छेले मात्र यो संस्थालाई हाँक्न सक्छ । संस्थाको उन्नति, प्रगतिका लागि र संस्थालाई दिगो जीवन्तता दिनका लागि पनि यहाँको वरिष्ठ व्यक्तिहरू यहाँको प्रबन्ध निर्देशक हुनुपर्छ भनेर हामीले भन्दै आइरहेका छौँ ।

नेपाल टेलिकममा प्रबन्ध निर्देशक नियुक्तिका लागि नियुक्ति प्रक्रियाका विभिन्न मापदण्डलाई परिवर्तन गरिएको भन्दै युनियनले आपत्ति जनाएको छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *