Sajhamanch Archive

नेकपा एमाले, शिवसताक्षीमा वडाध्यक्षका लागि आकांक्षी मध्ये टप वानमा को–को परे

Published: (Updated: ) in विविधा by .

शिवसतक्षी । नेकपा एमालेले शिवसताक्षीको वडाध्यक्ष पदका उम्मेद्वारहरु चयन मतदान प्रकृया पुरा गरेको छ । एमालेले आसन्न स्थानीय तहको निर्वाचनका लागि वडाध्यक्षहरुको उम्मेद्वारको छनौट गर्न मतदान प्रकृया पुरा गरेको हो । मतदानबाट छनोट भएका टप २ जनाको नाम नगरले सिफारिस गर्ने प्रवाधान गरेको छ ।

मतदान बाट छनोट भएका नामहरु हाल सम्म सार्वजनिक गरिएको छैन । तर समाचार स्रोतका अनुसार वडा नं.१ मा लक्ष्मी चेम्जोङ, वडा नम्बर २ मा प्रदिप चिमरिया, वडा नम्बर ३ मा पुन्य सापकोटा ‘टप वान’मा परेका छन् ।

यस्तै वडा नम्बर ४ मा विष्णु प्रसाईँ, वडा नम्बर ५ मा सिकिन पासवान, वडा नम्बर ६ मा लोकवहादुर रोक्का र वडा नम्बर ७ मा राज सुब्बा पनि ‘टप वान’मा परेको समाचार श्रोतले जनाएको छ । यता वडा नम्बर ८ मा कुमार बुढाथोकी र वडा नम्बर ९ मा मेदनी दंगालको नाम ‘टप वान’मा परेको समाचार स्रोतले बताएको छ । हाल यी नाम टोल, वडा र नगर कमिटीले आधिकारीक रुपमा सार्वजनिक गरेको छैन ।

नगर कमिटीका एक सदस्यका अनुसार ‘टप वान’मा परे पनि पार्टीले तयार गरेको मापदण्ड पार्टी नीति र कार्यक्रमको प्रतिबद्धता, निर्वाचित जनप्रतिनिधिहरुको कामको मूल्यांकन, लोकप्रियता र विजयको सुनिश्चिता, आन्दोलन र योगदानमा पार्टीप्रतिको निष्ठा, कार्यक्षमता, निष्ठा र सुशासनप्रतिको दृष्टिकोण, सन्तुलन र समावेशिता लगायतका सबै कुरा मुल्यांकन गरेर मात्रै जिल्ला कमिटीले नाम सिफारिस गर्ने प्रावधान गरेको छ ।

शिवसताक्षी वडा नं. १० र ११ मा वडाध्यक्ष पदका उम्मेद्वारका लागि सर्वसम्मत रुपमा नाम यस अघि नै आइसकोको छ । वडा नं. १० हर्क बहादुर सिगु र वडा नं. ११ बहादुर आङ्गबोलाई वडा कमिटीले सर्वसम्मत वडाध्यक्ष पदका लागि सिफारिस गरेको हो ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *