Sajhamanch Archive

शिवसताक्षीमा दलित जातिको पेशा संरक्षणका लागि सनाई तथा नरसिंह वितरण

Published: (Updated: ) in विविधा, समाज by .

शिवसताक्षी । शिवसताक्षीमा दलित जातिको पुख्र्याैली पेशाको संरक्षण र प्रवर्धनका लागि सनाई , नरसिंगा सिलाई कटाई मेसिन वितरण गरिएको छ ।

शिवसताक्षीको वडा नं. १ मा एक कार्यक्रमको आयोजना गरी उक्त सामाग्री दलित समुदायका नागरिकलाई प्रदान गरिएको हो ।
माननीय मन्त्री झलकबहदाुर दर्लामीको निर्वाचन क्षेत्र अन्तरर्गतको १ लाख ५० हजार र उपभोक्ताबाट २० हजार को लागतमा उक्त सामाग्री वितरण गरिएको दलित अधिकार समन्वय समिति शिवसताक्षीले जनाएको छ । उक्त सामाग्रीहरु कृषि मन्त्री झलकबहादुर दर्लामी प्रदान गरेका थिए । त्यस्तै सिमान्तकृत समुदायका लागि पनि १थान साउण्ड सेट, ५० थान कुर्सी र२ ओटा टेवल प्रदान गरिएको थियो ।

कार्यक्रममा नेकपा माओवादीका शिवसताक्षी अध्यक्ष महेन्द्र भट्टराई, दलित अधिकार समन्वय समितिका अध्यक्ष खगेन्द्र लम्जेल लगायतको उपस्थिति रहेको थियो । कार्यक्रम मानबहादुर वि.क.को अध्यक्षमा भएको थियो भने पूण लोकान्द्रीले सञ्चालन गरेका थिए ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *