Sajhamanch Archive

सन्दकपुर गोल्डकपः ज्यामिरगढीलाई हराउँदै जनता सेभेन सेमीफाइलनमा

Published: (Updated: ) in खेलकुद, स्थानीय तह by .

सन्दकपुर । दोश्रो सन्दकपुर गोल्डकपमा डिफेन्डिङ च्याम्पियन जनता सेभेनले विजयी सुरुवात गरेको छ ।

ज्यामिरगढी फुटबल क्लब मेचीनगरलाई सडनडेथमा हराउँदै जनता सेभेनले सेमीफाइलनमा स्थान बनाएको हो । निर्धारित समयमा दुवै टोलीले गोलरहित बराबरी खेलेपछि निर्णयको लागि टाइब्रेकर रोजिएको थियो ।

विवेक चौधरी र विपिन चौधरी चुक्दा ज्यामिरगढीले सेमीफाइनलमा स्थान बनाउन असफल भएको हो । जनताका सन्जोग खड्का गोल गर्नबाट चुके ।

ज्यामिरगढीका निरोज कार्की, अस्मिन मगर, सन्तोष परियार, सन्दिप खबास, मानव पौडेल र अविनाश चौधरीको प्रहार गोलमा परिणत भएको थियो । जनताका सचिन यल्मो, सुमन कार्की, रुपेश राई, निशान राई, सुरज थामी, अविषेक खड्का र निङ्मा गुरुङले जाली चुमाए ।

खेलमा ५ वटा पहेँलो र एउटा रातो कार्डको प्रयोग भएको थियो । खेलमा ज्यामिरगढीका आशिष मगरले दोहोरो पहेलो कार्डसँगै रातो कार्ड पाए । ज्यामिरगढीकै विवेक राजवंशीले पहेलो कार्ड पाए । जनताका सुरज थामी र निङ्मा गुरुङले पहेलो कार्ड पाए ।

खेलको म्यान अफ दि म्याच बिजेता टिमका गोलरक्षक सुजन लिम्बु घोषित भए । उनलाई वडा नं १ का वडाध्यक्ष नन्दकुमार राईले नगद २ हजार र मेडल प्रदान गरे ।

प्रतियोगिताको तेश्रो क्वाटरफाइनल खेलमा रेडहर्ष इलामले बुट्टाबारी एफसी झापासँग प्रतिष्पर्धा गर्दैछ । देउराली स्र्पोटिङ क्लबको आयोजनामा भएको प्रतियोगितामा इलाम, झापा, मोरङ र सुनसरीका ८ टोलीको सहभागिता छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *