२८ जिल्लाका लागि ४५ लाख २२ हजार मतपत्र छाप्ने काम सकियो
Published:
by .काठमाडौं । आगामी वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि मतपत्र छाप्ने कार्य जारी रहेको निर्वाचन आयोगले जनाएको छ । आयोगले सोमबार पत्रकार सम्मेलन गरेर २८ जिल्लाका लागि आवश्यक पर्ने ४५ लाख २२ हजार मतपत्र छाप्ने काम सकिएको जनाएको छ । अन्य मतपत्र पनि छाप्ने काम जारी रहेको आयोगको भनाइ छ ।
आयोगले सबै स्थानीय तहका निर्वाचन अधिकृतलाई एक एक प्रति मतदाता नामावली पठाइएको पनि जनाएको छ ।
Comments