भक्तपुरमा मोटरसाइकल दुर्घटना हुँदा चार महिनाकी बालिकाको मृत्यु
Published:
by .काठमाडौं । भक्तपुरमा मोटरसाइकल दुर्घटना हुँदा चार महिनाकी बालिकाको मृत्यु भएको छ।
मृत्यु हुनेमा पाँचखाल नगरपालिका–१ की लोसाङ डोल्मा तामाङ रहेकी छिन्। बालिकालाई उपचारका लागि न्युरो अस्पताल लगिएकोमा उपचारको क्रममा बिहान ९ बजे मृत्यु भएको थियो।
प्रदेश–०२–०२१प ६७६२ नम्बरको मोटरसाइकल मंगलबार बिहान आफैं दुर्घटना हुँदा बालिकाको मृत्यु भएको महानगरीय प्रहरी परिसर भक्तपुरले जनाएको छ।बिहान साढे ४ बजे साँगाबाट जगातीतर्फ आउँदै गरेको मोटरसाइकल अनियन्त्रित भएर दुर्घटना भएको परिसरले जनाएको छ।
दुर्घटनामा बालिकाका बुवा २२ वर्षीय बुद्ध तामाङ र उनकी आमा २१ वर्षीय सुस्मिता तामाङ घाइते भएका थिए। उनीहरू डा. इवामुरा अस्पताल सल्लाघारीमा उपचारपछि घर फर्केका छन्।
Comments