Sajhamanch Archive

शिवसताक्षीमा नेकपा एमाले चुनावमा होमियो, चुनाव प्रचार प्रसार समितिको कार्यालयको उद्घाटन

Published: (Updated: ) in राजनीति, विविधा by .

शिवसताक्षी । स्थानीय तहको आसन्न निर्वाचनका लागि नेकपा एमाले शिवसताक्षी ११ नं. वडा कमिटी चुनावी प्रचार प्रसारमा होमिएको छ । वडा नं. ११मा नेकपा एमालेले वडा उम्मेद्वारहरु सर्वसम्मत चयन गरेसँगै वडा कमिटी चुनावी प्रचार प्रसारमा होमिएको हो ।

२०७४ सालको स्थानीयतहको चुनावमा माओवादीका तर्फबाट वडा अध्यक्षका उम्मेद्वार सानबहादुर राई एमालेमा प्रवेश गर्दै

वडाले आज शिवसताक्षीको दूधेमा चुनाव प्रचार प्रसार कार्यालयको उद्घाटन गरेको छ । उक्त कार्यालयको उद्घाटन नेकपा एमाले जिल्ला अध्यक्ष दिपक कार्कीले गरेका छन् । कार्यक्रममा नेकपा माओवादीबाट ०७४ को स्थानीय तहको निर्वाचनमा शिवसताक्षी नगरपालिका वडा नम्बर ११ बाट वडा अध्यक्ष पदमा उम्मेद्वार बनेका सानवहादुर राई नेकपा एमालेमा प्रवेश गरेका छन ।

माओवादी पाटी नाताबाद र कृपाबादको चरम दलदलमा फसेको भन्दै उनले नीति, नियम र सिद्धान्तमा अडिक नेकपा एमाले पार्टीमा प्रवेश गरेको बताए ।

नेकपा माओवादी अवसरबादको सिद्धान्त र आफ्नै नाता गोता कुलकुटुम्बमा रमाउने पार्टी भएकोले त्यसपार्टीमा बस्नु न्यायोचित नहुने भन्दै एमालेमा प्रवेश गरेको उनले बताए । तल्लोतहका कार्यकर्ताले माओवादी पार्टीबाट कहिल्यै अवसर नपाउने समेत उनले आरोप लगाएका छन् ।
‘मेरो राजनीतिक यात्रा पनि नेकपा एमालेबाट भएको हो । मलाई लोभ र प्रलोभन देखाएर बिचमा नेकपा माआबादीमा प्रवेश गराएर स्थानीय साथीहरुले फाइदा लिएका छन् । जब मबाट उहाँहरुले स्वार्थ लुटेको थाहा पाए । त्यसपछि कुनै पनि जिम्मेवारीमा नबसी निस्क्रिय भए,’ उनले भने,‘ आज आफ्नै पुरानो पार्टीमा फर्कन पाउँदा गर्व लागेको छ ।’

नेकपा एमाले झापाका अध्यक्ष समेत रहेका संविधान सभाका सदस्य दीपक कार्कीले भव्य समारोहका बिच अन्यपार्टीबाट एमालेमा प्रवेश गरेकालाई अविर र खादा लगाएर स्वागत गरेका थिए । एमाले झापाका अध्यक्ष कार्कीले नेकपा माओवादी र नेपाली कांग्रेसका १५ जना क्रियाशिल कार्यकर्तालाई खादा र अविर लगाएर पाटीमा स्वागत गरेका थिए ।

नेकपा माओवादीका राई सहित कमला तामाङ गुरुङ, नेपाली कांग्रेसका दुर्गा वहादुर दाहाल, डिल्लीराम घिमिरे, रञ्जना आङवो लगायत १५ जना नेकपा एमालेमा प्रवेश गरेको नगर कमिटीले जनाएको छ ।

नेकपा एमालेका वडा नम्बर ११ का अध्यक्ष डिके लामाको अध्यक्षतामा भएको कार्यक्रममा प्रदेश कमिटी सदस्य चन्द्रकुमार शेर्मा, राधाकृष्ण खनाल, भोजकुमारी नेपाल, जिल्ला कमिटी सदस्य धनवहादुर थेवे, सत्य नारायण राजबंशी, नगर अध्यक्ष मेघाहाङ थोप्रा (रोषन) युवा संघका जिल्ला सदस्य डिगम पराजुली, युवा संघका नगर अध्यक्ष फुर्वा तामाङ लगायतको सहभागिता थियो ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *