Sajhamanch Archive

क्यान्सर पीडित प्रधानलाई नेकपा एमालेको सहयोग

Published: in विविधा, समाज by .

शिवसताक्षी । झापा शिवसताक्षी ११ दूधेका क्यान्सर पीडित दुर्गा प्रधानलाई नेकपा एमाले शिवसताक्षीले सहयोग रकम हस्तान्तरण गरेको छ ।

आज शिवसताक्षीको दूधे नेकपा एमाले वडा कमिटी ११ को चुनाव प्रचार प्रसार समिति कार्यालयको उद्घाटनमा क्यान्सर पीडित प्रधानलाई १६ हजार  ४ सय रकम हस्तान्तरण गरिएको हो । उक्त रकम नेकपा एमाले झापा अध्यक्ष दिपक कार्कीले हस्तान्तरण गरेका हुन् ।

प्रधान नेकपा एमालेका पुराना कार्यकता हुन् । उनी नेकपा एमालेमा रहेर सेल्टर दाताको रुपमा पनि काम गरेको नेकपा एमाले वडा कमिटी अध्यक्ष डिके लामाले बताए ।

केही समय अघिदेखि प्रधान मुखमा क्यान्सर भएर विभिन्न अस्पतालहरुमा उपचारत रहेका हुन् । शिवसताक्षी नगर कमिटी र वडा कमिटी सदस्यहरुबाट संकलित रकम प्रधानको उपचारमा सहयोगका लागि हस्तान्तरण गरिएको वडा कमिटी अध्यक्ष लामाले बताए । उनका अनुसार केही रकम कार्यक्रम स्थलमै स्वस्फर्त रुपमा संकलन भएको थियो ।

 

 

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *