Sajhamanch Archive

गठबन्धनले कांग्रेसमा विद्रोह : ५० नेता तथा कार्यकर्ताद्वारा सामूहिक राजीनामा

Published: (Updated: ) in मिडियाबाट साभार, राजनीति by .

चितवन । स्वतन्त्र अभियानका लागि भन्दै भरतपुर महानगरपालिका–१७ बेलुवा टोलका ५० जना कांग्रेस नेताकार्यकर्ताले शनिबार सामूहिक राजीनामा दिएका छन् ।

भरतपुर महानगरपालिकाको मेयरको उमेदवार नेकपा माओवादी केन्द्र लाई नछाड्न भरतपुरका कांग्रेसीले नेतृत्वलाई दबाव दिँदै आएका छन् ।

स्थानीय अगुवा प्रकाश कँडेलको अगुवाईमा उनीहरूले शनिबार एक औपचारिक कार्यक्रम गरी पार्टीबाट राजीनामा दिएको घोषणा गरेका हुन् ।

कांग्रेस माओवादीकरण भएको उनीहरूको आरोप छ । कांग्रेसका क्रियाशील र साधारण सदस्यको भेलाले साधारण सदस्य समेत नरहनेगरी स्वतन्त्र नागरिकको हैसियतमा रहने निर्णय गरेको कँडेलले बताउनुभयो ।

पूर्व वडाध्यक्ष देवनारायण महतो, वडाका पूर्व सभापति विष्णुप्रसाद सुवेदीसहित ५० जनाले सामूहिक राजिनामा दिएको उहाँले बताउनुभयो ।

पार्टी स्वार्थ केन्द्रित राजनीतिमा लिप्त भएको र राष्ट्रघाती एमसीसी पास गरेको उनले आरोप लगाउनुभयो । पार्टीले सबै सरकारी कलकारखाना निजीकरण गर्दै बेचेको समेत कँडेलको आरोप छ ।

उनीहरूले पार्टीको साधारण सदस्यबाट राजीनामा दिए पनि देश र जनताको काममा सधैं रहिरहने बताएका छन् ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *