Sajhamanch Archive

बैसाख ७ गतेबाट प्रथम बिर्तामोड फुड फेस्टिबल हुने

Published: in खेलकुद, विविधा, समाज by .

बिर्तामोड । कोरोना कहरका कारण अस्तब्यस्त भएको होटल ब्यवसायलाई प्रवद्र्धन गर्ने उद्धेश्यले झापाको बिर्तामोडमा प्रथम बिर्तामोड फुड फेस्टिबल महोत्सव हुने भएको छ ।

होटल ब्यवसायी संघ झापाको आयोजनामा वैशाख ७ गतेबाट २१ गतेसम्म महोत्सवको आयोजना गरिएको अध्यक्ष इन्दिरा श्रष्ठले बताइन् । महोत्सवमा मौलिक परम्परा र परिकारलाई प्रथमिकता दिइने बताइएको छ । नयाँ वर्ष पार्क जानेबाटो छेउमा हुने महोत्सवमा ५० वटा स्टलहरु रहने जनाइएको छ । जिल्लाका विभिन्न स्थानबाट होटल ब्यवसायीहरुले सहभागिता जनाउने बताइएको छ ।

सोमबार पत्रकार सम्मेलनको आयोजना गर्दै महोत्सवको सम्पूर्ण तयारी पुरा भएको बताइएको छ । २५ लाख रुपैंयाको लागतमा महोत्सवको आयोजना गरिएको र विभिन्न क्षेत्रबाट प्रयोजन गर्नेहरु रहेको कार्यक्रम संयोजक निरज सिटौलाले बताए । उनले महोत्सवको अवधिभरमा २५ हजारबढीले अवलोकन गर्ने अपेक्षा राखिएको जनाइएको छ ।

महोत्सवमा विभिन्न जातजातिका पहिचान झल्कने भेषभूषसहित सांस्कृतिक कार्यक्रमको आयोजना गरिने बताइएको छ । होटल व्यवसायीहरुको व्यपार ब्यवसाय पैर्वद्धनका लागि विभिन्न परिकारहरुको प्रर्दशनी गरिने, बाल मनोरञ्जनका खेलहरु राखिने तथा राष्ट्रिय स्तरका कलाकारहरुको समेत दैनिक विभिन्न प्रस्तुतिहरु रहने महासचिव शिव पौडेलले जानकारी दिए ।

महोत्सवमा स्थानिय स्तरका खानाका परिकारको जर्गेना तथा प्रचार गर्नुका साथै लोक सांस्कृतिक सम्पदाको संरक्षण एवम् प्रचार गर्ने, आन्तरिक पर्यटनको प्रर्वद्धन गर्ने तथा झापाका पर्यटकीय गन्तब्यलाई प्रचार गर्दै होटल ब्यवसायको प्रचार गर्ने जनाइएको छ ।

महोत्सवबाट संकलन भएको रकम होटल ब्यवसायको प्रर्वद्धनमा खर्च गरिने जनाइएको छ । कोरोना कहरका कारण होटल ब्यवसायीहरु धरासायी बनिरहेको अवस्थामा महोत्सवले होटल ब्यवसायलाई चलायमान बनाउन सहजता मिल्ने अपेक्षा राखिएको महासचिव पौडेलले जानकारी दिए ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *