Sajhamanch Archive

गण्डकीका अर्थमन्त्रीको गाडीको ठक्करबाट घाइते भएका व्यक्तिको मृत्यु

Published: in मिडियाबाट साभार by .

झापा । गण्डकी प्रदेशका अर्थमन्त्री रामजी बराल ‘जीवन’ को गाडीको ठक्करबाट घाइते भएका एक जनाको मृत्यु भएको छ।

नयाँ वर्षका दिन वैशाख १ गते ग १ झ ४४५ नम्बरको अर्थमन्त्रीको गाडीले तनहुँको शुक्लागण्डकी–२ एक्लेखेतका मीनबहादुर पाइजालाई ठक्कर दिएको थियो। गाडीको ठक्करबाट गम्भीर घाइते पाइजाको उपचारका क्रममा गएराति मृत्यु भएको कास्की प्रहरी प्रवक्ता डिएसपी सुन्दर तिवारीले बताए।

पोखराको खुदीमा बिहान करिब ९ बजेतिर मिनबहादुर ग १६ प ५१८१ नम्बरको मोटरसाइकलमा श्रीमती दानुमायालाई लिएर सवार थिए। तीव्र गतिमा चलेको अर्थमन्त्रीको गाडीले पाइजा दम्पती चढेको मोटरसाइकललाई ठक्कर दिएको थियो। घाइते मिनबहादुरको ५ दिनसम्म होस नखुलेको र छैठौं दिनमा मृत्यु भएको अस्पतालले जनाएको छ।

माओवादी केन्द्रका तर्फबाट गठबन्धन सरकारका अर्थमन्त्री बराल दुर्घटना भएका दिन गाडीमा सवार नभएको उनको सचिवालयले जनाएको छ। मन्त्रीको गाडी मन्त्रीबिना कसरी खुदी पुग्यो भन्नेबारे सचिवालयले बताउन चाहेन।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *