Sajhamanch Archive

मतदाता सत्ता गठबन्धन दलको बधुवा मजदुर हैनन्ः सचिव भटराई

Published: in राजनीति, स्थानीय तह by .

दमक । मतदाताहरु सत्ता गठबन्धन दलको बधुवा मजदुर नभएको नेकपा एमाले केन्द्रीय सचिव योगेश भटराईले बताएका छन्।

प्रेस चौतारी नेपाल जिल्ला कमिटी झापाले आज आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा बोल्दै पार्टीका केन्द्रीय सचिव भटराईले सत्तारुढ गठबन्धन दलले अहिलेका मतदातालाई बधुवा मजदुर बनाएर राख्न नसक्ने, आममतदाताहरु आफै स्वतन्त्र रहेको बताए ।

उनीहरुले सही विवेक प्रयोग गरेर मतदान गरी बैशाख ३० गते हुने स्थानिय तहको निर्वाचनमा एमालेले उत्कृष्ट मत सहित विजय हासिल गर्ने उनले बताए । एमालेले मुलुक र राष्ट्रियताको पक्षमा लडेको, भारतसंग हिजो रहेको लायन्ड लकलाई परिमार्जन गरेर लायन्ड लिङ्गको काम ओली सरकारले गरेका कारण अहिलेका युवा मतदाताहरुले एमालेलाई भोट हाल्ने बताए ।

गठबन्धन सरकारकारले कालोधनलाई सेतो बनाउने काम गर्न राष्ट्र बैकका गर्भनरले नमानेपछि उनलाई निलम्वनको कारवाही गरेको पूर्व पर्यटन मन्त्री भटराईले आरोप लगाएकाहुन्। भोली बैशाख ९ गते नेपाल कम्युनिष्ट पार्टी स्थापना दिवसको दिन सबै स्थानिय तहका उम्मेदवार घोषण गर्ने पनि भटराईले जानकारी दिए।

प्रेस चौतारी नेपाल जिल्ला कमिटी झापा अध्यक्ष मनकुमार गदालको अध्यक्षतामा भएको कार्यक्रममा पत्रकारको जिज्ञासामा मुलुकमा हुन लागेको ठूला परिवर्तन प्राप्तीको भन्दा पनि अहिले परमादेशबाट बनेको सरकार मिलीजुली खाने भाग वण्डाको अनुचित गठबन्धन बनेको नेता भटराईले बताए ।

पूर्व आन्तरिक काममा आएका नेता भटराईले हिजो देखि प्रजातन्त्र र लोकतन्त्रको हिमायती ठान्ने काग्रेसले अहिलेको गठबन्धन सरकारले गरेको केही स्थानियमा गरेको निर्णयको विरोधमा काग्रेसकै कार्यकर्ता विरुद्धमा उत्रिएको आरोप लगाएका छन् ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *