Sajhamanch Archive

झापामा समाजबादी गठबन्धनबाट बाहिरियो

Published: in राजनीति by .

बिर्तामोड । झापामा नेकपा समाजवादी गठबन्धनबाट बाहिरिएको छ ।

गठबन्धनमा रहेको एउटा दल नेकपा समाजबादी बाहिरिएको प्रचार बिभाग प्रमुख तीर्थ सिग्देलले जानकारी दिए ।

गठबन्धनमा सहमती नभएपछी समाजबादीले १५ पालिकामा उम्मेदवारी दिने तयारी गरेको सिग्देलले बताए ।

सत्तारूढ दलभित्र भागवण्डामा सहमति नजुटेपछि गठबन्धनमा बिबाद शुरु भएको छ । समाजबादीलाई गठबन्धनले सम्मानजनक ब्यवहार नगरेपछि समाजबादी बाहिरिएको हो । गठबन्धनमा समाजबादीलाई अर्जुनधारा र कमल गाउँपालिकाको उपाध्यक्ष दिएको छ । समाजबादीले बिर्तामोड र शिवसताक्षीको उपमेयर मागेको थियो । थप दुई उपमेयर नपाएपछि समाजबादी गठबन्धनबाट बाहिरिएको हो ।

स्रोतका अनुसार १४ पालिकामा काङ्ग्रेसले प्रमुख दाबी गरेको छ भने बाकी उपप्रमुख र उपाध्यक्ष माओबादीले दाबी गरेको छ । त्यसमध्ये दुई उपप्रमुख समाजबादीलाई दिइएको थियो । सो सहमतिमा समाजबादीले स्वीकार गरेको छ ।

 

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *