Sajhamanch Archive

वडाध्यक्षले कुटे सचिव, टाउकोमा लगाइयो १२ टाँका

Published: in मिडियाबाट साभार by .

जनकपुरधाम । सर्लाहीमा वडाध्यक्षले वडा सचिवलाई कुटपिट गरेका छन् । शुक्रबार बलरा नगरपालिका–७ का वडाध्यक्ष अवधेश मण्डलले आफ्नै वडाका सचिव रामेश्वर पण्डितलाई कुटेका हुन् ।

वडाध्यक्ष पदबाट राजीनामा दिएर वडाका समान बुझाउने क्रममा विवाद भएको नगर प्रमुख अभय कुमार सिंहले जानकारी दिए । उनीहरूबीच बरबुझारथका विषयमा विवाद भएको थियो ।

नगर प्रमुख सिंहकाअनुसार वडाध्यक्ष मण्डलले बिहीबार बझबुझारथ गरेको कागजातमा हस्ताक्षर गर्न आग्रह गरेका थिए । तर, सचिव पण्डितले सही गर्न नमान्दा विवाद भएको हो ।

वडाध्यक्षले सचिवको टाउकोमा कुर्सी प्रहार गरेका छन् । उनको टाउकोमा गम्भीर चोट लागेको बताइएको छ । टाउकोमा १२ वटा टाँका लगाइएको छ । अहिले उनको जिल्ला अस्पताल सर्लाहीमा उपचार भइरहेको छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *