Sajhamanch Archive

बिर्तामोड घर भएका प्रहरी सहायक हवल्दार पाँचथरमा मृत फेला

Published: in समाज by .

झापा । जिल्ला प्रहरी कार्यालय पाँचथरमा कार्यरत झापा बिर्तामोड निवासी प्रहरी सहायक हवल्दार खगेन्द्र श्रेष्ठ मृत अवस्थामा फेला परेका छन् । कुम्मायक गाउँपालिका–१ स्थित ओर्दिनमा हिजो उनी मृत अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय पाँचथरका प्रहरी निरीक्षक सन्तोष राईले जानकारी दिए ।

त्रिशाली मेलाको थप सुरक्षाका लागि प्रहरी सहायक हवल्दार श्रेष्ठ यासोक आएका थिए । उनी यासोक आएपछि बैशाख ३ गते बेलुकादेखि हराएका थिए । खोजतलास गर्नेक्रममा उनले बोकेको मोबाइल फेला परेपछि उनी ओर्दिनमा मृत अवस्थामा भेटिएका हुन् । मृत अवस्थामा भेटिएका श्रेष्ठको विषयमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । मृतक नेवा देय दवू बिर्तामोड वडा नम्बर ९ समिति अध्यक्ष रत्नबहादुर श्रेष्ठको छोरा भएको स्थानीय यज्ञ श्रेष्ठले जनाएका छन् ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *