Sajhamanch Archive

निर्विरोध निर्वाचितमा एमालेले संख्या थप्यो: गाउँपालिका अध्यक्षसहित ६ वटा वडा अध्यक्ष विजयी

Published: in राजनीति by .

काठमाडौ । नेकपा (एमाले) को विजयी संख्या निरन्तर थपिन थालेको छ ।

डोल्पाको शे–फोक्सुण्डो गाउँपालिका अध्यक्षसहित ६ वटा वडा अध्यक्षमा नेकपा ९एमाले० का उम्मेदवार निर्विरोध निर्वाचित भएका छन।

एमालेले यसअघि नै ताप्लेजुङको फक्तालुङ्ग गाउँपालिका वडा नम्बर ७ का वडा अध्यक्षका उम्मेदवार छेतेन शेर्पा र्निविरोध निर्वाचित भएसँगै खाता खोली सकेको छ ।

शे–फोक्सुण्डो गाउँपालिका अध्यक्षमापनि नेकपा एमालेका धावा सुम्दोक गुरुङ्ग निर्विरोध निर्वाचित भएका हुन् ।

यसैगरी सोही गाउँपालिकाका ६ वटा वडाका वडाध्यक्षपनि निर्विरोध निर्वाचित हुनुभएको छ ।

तोकिएको निर्धारित समयसम्म एमालेका बाहेक अरु दलबाट उम्मेदवारी दर्ता गर्न नआएपछि उहाँहरु निर्विरोध निर्वाचित हुनुभएको हो ।

तर उक्त आधिकारीक घोषणा भने निर्वाचनका सबै प्रक्रिया सकेपछि मात्र हुनेछ । यही बैशाख ३० गते स्थानीय तहको निर्वाचन हुँदैछ ।

निर्वाचनका लागि हिजो र आज दुई दिन मनोनयनका लागि निर्वाचन आयोगले समय सीमा तोकेको थियो ।

आज साँझ ५ बजेसम्म अन्तिम समय तोकिएको थियो । तोकिएको समयभित्र गाउँपालिका अध्यक्ष सहित वडा अध्यक्षको उम्मेदवारी दर्ता एमालेले मात्र गराएका कारण उहाँहरु निर्विरोध हुनुभएको हो ।

अब आयोगले सबै निर्वाचन प्रक्रिया पूरा गरेपछि अरुको मत परिणामसँगै उहाँहरुलाई विजयी घोषणा गर्नेछ ।

आयोगले निकालेको तालिका अनुसार ११ र १२ वैशाखमा उम्‍मेदवारी दर्ता, १३ वैशाखमा उम्मेदवार विरुद्ध उजुरी र १६ वैशाखमा उम्मेदवारले नाम फिर्ता लिने कार्यक्रम रहेको छ।

१७ वैशाखमा उम्मेदवारलाई निर्वाचन चिह्न प्रदान गरिने आयोगले जनाएको छ । ३० वैशाख बिहान ७ देखि साँझ ५ बजेसम्म मतदान गर्ने कार्यक्रम रहेको छ।

आयोगले २७ वैशाख राति १२ बजेपछि मौन अवधि शुरू हुने जनाएको छ । मतदान हुनु ४८ घण्टा अगाडि मौन अवधि शुरू हुन्छ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *