Sajhamanch Archive

सहाराका उद्यमी किसानलाई पशु प्राविधिक तालिम

Published: (Updated: ) in समाज, सहकारी by .

बिर्तामोड । सहारा नेपाल बचत तथा ऋण सहकारी संस्थाले शिवसताक्षी–१० आप्टारी मा बाख्रापालक उद्यमी किसानलाई प्राविधिक तालिम दिएको छ ।

बाख्रापालक उद्यमी किसानलाई बाख्रापालन सम्बन्धी तालिम दिइएको सहारा नेपाल साकोस एग्रीविजनेश युनिटका प्रमुख डा. कमलेश्वर भाटले जनाए । आप्टारी क्षेत्रका २८ जना बाख्रापालक किसान सहभागी तालिममा बाख्राको औषधी खुवाउने तरिका, बाख्रामा लाग्ने रोगहरुको निदान तथा सुईबाट औषधी लगाउने तरिकाका र बाख्राको तौल लीने बारेमा प्रशिक्षण गरिएको थियो ।

बाख्रापालक किसानलाई ५० हजार मुल्य बराबरको औषधीहरु पनि निशुल्क प्रदान गरिएको डा. भाटले जनाए । उद्यमी सदस्यहरुलाई व्यवसायिक बनाउन को लागि उनीहरुको पशुपालन क्षेत्रमा टेवा पुगोस भनेर समय–समयमा बर्खे घास, हिउदे घाँसको विरुवा पनि वितरण गर्दै आएको उनले जानकारी दिए ।

सहारा नेपालको सदस्य मिना देवी कार्की आफु सहाराको सदस्य बनेको १३ बर्ष भएको बताउदै उन्लाई सहारा नेपाल साकोसले थुप्रै कुरामा सहयोग गरेको र आफ्नो जीवन उन्नतिमा समेत मदत गरेको उनी बताउछिन् ।


तालिमको सहजीकरण गरेका डा. कमलेश्वर भाटले, पशु बीमा र यसको महत्वका बारेमा जानकारि दिएका थिए । पशु धनको रक्षाको लागि साहारा नेपालले पशु विमा पनि गरिरहेको र अहिले सम्म १७ सय सदस्यहरुको पशु विमा गरिसकको भाटले बताए । साहारा नेपालले विगत ५ बर्षदेखि विशेष गरेर व्यवसायीक हिसाबले पशुपालन गर्ने किसानहरुको लागि भनेर विभिन्न प्रकारको क्रियाकलापहरु गर्दै आइरहेको र यसैलाई मध्यनजर गर्दै अहिले सम्म करिब ५ हजार जना उद्यमी किसानहरु बनाइसकेको पनि उनले बताएका छन् ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *