उम्मेद्वार छनोटमा असन्तुष्टि जनाउँदै नेपाली कांग्रेका क्षेत्रीय प्रतिनिधि भट्टराईले ठोके राजिनामा
Published:
by .शिवसताक्षी । नेपाली कांग्रेस शिवसताक्षी वडा नं. ४ का क्षेत्रीय प्रतिनिधि तोयानाथ भट्टराईले पार्टीबाट राजीनामा दिएका छन् ।
स्थानीयतहको निर्वाचनमा लागि उम्मेद्वार छनौटमा देखिएको घनलाग्दो हर्कत देखिएको भन्दै उनले फेसबुक मार्फत राजनीनामा दिएका हुन् ।
उनले फेसबुकमा लेखेका छन्, शिवसताक्षी नगरपालिका वडा नं. ४ को आसन्न निर्वाचनका लागि उम्मेद्वारी छनौटको प्रकृयामा देखिएको घिनलाग्दो, लाजमर्दाे हर्कतले म जस्ता तमाम नेपाली कांग्रेसलाई माया गर्ने वडा बासी इमान्दार कार्यकर्तामा कुठाराघत भएको महशुष गरेको छु ।
नेपाली कांग्रेसको कार्यकर्ता भन्न पनी लाजमर्दो भएकाले स्वतन्त्र बस्ने निर्णय गर्दै आजको मितिबाट म तोयानाथ भट्टराई नेपाली कांग्रेसको क्षेत्रीय प्रतिनिधि पदबाट राजिनामा दिएको सम्पूर्णमा जानकारी गराउँदछु ।
Comments