Sajhamanch Archive

मोरङबाट २ जना नक्कली डाक्टर पक्राउ

Published: in समाज by .

विर्तामोड । मोरङबाट प्रहरीले दुई जना नक्कली डाक्टरलाई पक्राउ गरेको छ । क्लिनिक सञ्चालन गरेर ‘डाक्टर हुँ’ भन्दै उपचारको नाममा ठगेको आरोपमा उनीहरूलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।

पक्राउ पर्नेमा पथरी शनिश्चरे नगरपालिका–१ मा श्री राम पायल्स क्लिनिकका सञ्चालक भारत घर भएका २७ वर्षीय पर्सनजित बर्मन र सुन्दरहरैँचा नगरपालिका–३ गछियामा कल्पना आयुर्वेदिक क्लिनिकका सञ्चालक दार्जिलिङ घर भएका २९ वर्षीय सनोड मण्डल छन् ।

उनीहरूले चिकित्सा शिक्षा सम्बन्धी शैक्षिक योग्यता प्राप्त नगरेको र कानुन बमोजिम नेपाल मेडिकल काउन्सिलबाट ईजाजतपत्र प्राप्त नलिइकन क्लिनिक सञ्चालन गरेको प्रहरीको अनुसन्धानबाट थाहा भएको छ । आरोपहरूलाई जिल्ला अदालतबाट ५ दिन म्याद लिएर जिल्ला प्रहरी कार्यालय मोरङले अनुसन्धान गरिरहेको छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *