Sajhamanch Archive

कारितास नेपालद्वारा विद्यालय सुरक्षा सामाय्री हस्तान्तरण

Published: in विविधा, समाज by .

कमल । कारितास नेपालद्वारा विद्यालय सुरक्षा सामाय्री हस्तान्तरण गरिएको छ । झापाको कमल गाउँपालिका स्थित विपद्को जोखिममा परेका विद्यालयलाई विद्यालय सुरक्षा सामाय्री हस्तान्तरण गरिएको छ ।

कारितास नेपालको विद्यालयमा आधारित विपद् जोखिम न्युनिकरण परियोजना अन्तरगत गाउँपालिका भित्र जोखिममा परेका ७ वटा सामुदायिक विद्यालयलाई सुरक्षा सामाग्री हस्तान्तरण गरिएको र यस्ता सामाग्रीले विपद्का समयमा विध्यालयलाई सहयोग पुग्ने कारितास नेपाल दमक शाखाका प्रमुख देबेन्द्र पोख्रेलले बताए ।

गाउँपालिका भित्र जोखिममा रहेका विध्यालय अन्तरगत वडा नम्वर १ स्थित नरेन्द्र जनता माध्यमिक विद्यालय, कालिका माध्यमिक विद्यालय नवदुर्गे आधारभूत विद्यालय, वडा नम्वर २ स्थित कमला मदन आश्रित स्मृति माध्यमिक विद्यालय र ज्योति माध्यमिक विद्यालय ,वडा नम्वर ७ स्थित सरस्वती माध्यमिक विद्यालय र अरनिको आधारभुत विद्यालयलाई सुरक्षा सामाग्री प्रदान गरिएको हो ।

सुरक्षा सामाग्री अन्तरगत प्रत्येक विद्यालयलाई अग्नि निरोधक २ थान, बाल्टि २ थान, बन्चरो २ थान, स्ट्रेचर २ थान, हेण्ड माईक २ थान, डोरी ४ केजी,बेल्चा २ थान, सिटी २ थान, छुरी २ थान गौंती २ थान,आरा २ थान, विपद् ज्ञानमाला १ सेट, व्याङ्गकेट २ नाथ त्रिपाल २ जना र डष्टविन १ थान हस्तान्तरण गरिएको हो । हस्तान्तरण गरिएको समाग्री ३ लाख ७५ हजार मुल्य बराबरको रहेको कारितस नेपालले जनाएको छ ।
कारितास नेपालको कार्यक्रमामा जोडिन पाएकोमा आफुलाई भाग्यमानि ठानेको छु । कारितास नेपालले विद्यालयमा धेरै परिवर्तन ल्याएको छ । आज विद्यार्थाीले आफुलाई लागेको कुरा ढुक्क संग राख्न सक्ने भएका छन् । विद्यालय सुरक्षा सामाग्रीले विद्यालयलाई विपद्का समयमा ठुलो सहयोग पुग्ने नरेन्द्र जनता माध्यमिक विद्यालयका प्रधानाध्यापक बद्री काकीले बताए ।

कमल गाउँपालिकामा रतुवा खोलामा आएको बढीले धेरै क्षेति गरेको भन्दै कारितास नेपाल संग जोडिएर काम गरेको काम प्रभावकारी भएको गाउँपालिका अध्यक्ष मेनुका काफ्ले बताइन् । उनले कारितास नेपालले कार्यक्रम गर्दा गाउँपालिकासँग समन्वय गरेर काम गर्दा शिक्षा, स्वस्थ्य, युवा र कृषिका क्षेत्रमा धेरैका कामहरु भएका छन् । हरेका कार्यक्रम लक्षित बर्ग सम्म पुग्ने भएकोले पनि कारितसा नेपालले गरेका हरेक कार्यक्रम प्रभावकारी भएको कमल गाउँपालिकाकी अध्यक्ष मेनुका काफ्लेले बताइन् ।

कार्यक्रममा सामाग्री पाउने विद्यालय व्यवस्थापन समितीका अध्यक्ष तथा प्रधानाध्यापक, शिक्षक, कमल गाउँपालिकाका विपद् व्यवस्थपन समितीका फोकल पर्सन ईन्द्र अर्याल, शिक्षा शाखा प्रमुख सुर्य न्यौपाने लगायतको उपस्थिती रहेको थियो ।
कारितास नेपालका कार्यकारी निर्देशक फादर ललित टुडुको अध्यक्षामा भएको कार्यक्रममा कारितास नेपालका सिनियर सामाजिक परिचालक गोन्दिराज कट्टेलले सहजीकरण गरेका थिए ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *