मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति जोशी निलम्बन
Published:
by .मकवानपुर । बागमती प्रदेश सरकारले मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति प्राडा विश्वराज जोशीलाई निलम्बन गरेको छ । पदीय जिम्मेवारी पूरा नगरेको आरोपमा छानबिन गर्नका लागि उनलाई निलम्बन गरिएको मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव यमलाल भुषालले जानकारी दिए ।
प्रतिष्ठानका एक चौथाई सदस्यले उपकुलपति डा जोशीले जिम्मेवारीपूर्वक काम नगरेकोलगायत विषयमा लिखित निवेदन दिएपछि छानबिनका लागि उनलाई निलम्बन गरिएको बताइएको छ । मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान ऐन २०७६ को उपदफा (३) बमोजिम छानबिनका लागि उपकुलपति प्राडा जोशी स्वतः निलम्बनमा परेको सचिव भुषालको भनाइ छ ।
प्राडा जोशी २०७७ साउन १६ गते चार वर्षका लागि उपकुलपतिमा नियुक्ति भएका थिए ।
Comments