इस्टर्न एम्पायर कलेजले नयाँ दुई विषयमा अध्यापन सुरु गर्ने
Published: (Updated: )
by .विर्तामोड । इस्टर्न एम्पायर कलेज अफ होटल व्यवस्थापनले अब होटल व्यवस्थापन विषयलाई मात्र अध्ययन नगराएर अन्य दुई ओटा विषयलाई समेत थप गरेको आज पत्रकारहरुको भेलामा जानकारी गराएको छ । कलेजका संस्थापक आलोक कार्किले अहिले सम्म इस्टर्न एम्पायर कलेजमा होटल व्यवस्थापन मात्र अध्ययन हुने भनेर चिनिन्थ्यो तर अब व्यापार अध्ययन र कम्प्युटर विज्ञान विषयमा पनि अध्ययन गराउन सुरु गरेको बताएका छन ।
इस्टर्न एम्पायर कलेजले अहिले सम्म होटल व्यवस्थापन विषयमा एडभान्स डिप्लोमा मात्र अध्ययन गराउदै आएको थियो तर अब एसईइ पछि पनि विद्यार्र्थीहरुले विभिन्न थप दुई विषयहरुमा अध्ययन गर्न पाउने छन् । कलेजमा अनुभवि शिक्षकहरु द्धरा अध्यापन हुने र सिपमुलक शिक्षण हुने कार्कीले जानकारी दिए । कलेजले २०७१ देखि विद्यार्र्थीहरुलाई होटल व्यवस्थापन विषयमा गुणस्तरीय शिक्षा प्रदान गर्दै आएको र अब भने पहिलो पटक व्यापार अध्ययन र कम्प्युटर विज्ञान विषमा पनि शिक्षा प्रदान गर्न लागेको हो ।
विद्यार्र्थीहरुलाई किताबको ज्ञान संगसंगै व्यवहारीक सिपको पनि उत्तिकै महत्व हुने भन्दै विद्यार्र्थीहरुलाई विभिन्न सीप सीकाएर जिवनमा गरिखान सक्ने बनाउने उदेश्य रहेको कार्किले बताए । इस्टर्न एम्पायर कलेजले विद्यार्र्थीहरुलाई ड्राइभिङ, सुइमिङ जस्ता तालिम पनि दिने गरेको बताए । कलेजको उदेश्य विद्यार्थीलाई सिपमुलक शिक्षा प्रदान गर्ने जसले गर्दा भविष्यमा उनीहरुलाई सहजहोस भन्ने रहेको छ । यहा अध्ययन गर्ने विद्यार्थी अध्ययनलाई सकेपछि पोर्चुगल, बराइन, माल्दिभ्स जस्ता देशमा गएर सहजै काम गर्न सक्ने कार्कीले बताए । अहिले सम्म ३१० जना विद्यार्थीलाई विदेश अध्ययनको लागि पठाउन सफल भएको पनि उनले जानकारी गराए । कलेजले एसईई परिक्षा दिएका विद्यार्र्थीहरुलाई अब नयाँ विद्याथीका रुपमा स्वागत गर्ने तयारीमा रहेको जनकारी गराएको छ ।
Comments